नयाँ नक्सामा प्रचण्डले जस लिन खोजेकोमा पोखरेलको आपत्ति « Khabarhub

नयाँ नक्सामा प्रचण्डले जस लिन खोजेकोमा पोखरेलको आपत्ति


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रकाशनमा कसले जस लिने भन्ने होडबाजीकाबीच शीर्ष नेताहरूबीच नै आरोप प्रत्यारोप चर्केको छ।

नयाँ नक्सा प्रकाशनको जस लिने विषयमा होडबाजी चलेपछि नेताहरुबीच आरोप प्रत्यारोप चलेको हो।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नक्सा प्रकाशनको विषय पार्टीको भएको तर, अहिले प्रधानमन्त्री ओलीले मात्रै जस लिन खोजेकोमा आपत्ति जनाएकामा स्थायी कमिटी सदस्य शंकर पोखरेलले आपत्ति जनाएका छन् ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका पोखरेलले आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले आफूले नक्सा प्रकाशन गरेको हो भन्न नमिल्ने भन्दै फेसबुकमा कटाक्ष गरेका छन् ।

पोखरेलले फेसबुकमा लेखेका छन् ‘कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो। आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा था नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको ?’

यसअघि नेकपाका उपाध्यक्ष बामदेव गौतमले पनि सचिवायल बैठकमा नयाँ नक्सा प्रकाशनको निर्णय आफ्नो दबाबमा आएको बताएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ९ : ४८ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा