ब्राजिलमा संक्रमितको संख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु « Khabarhub

ब्राजिलमा संक्रमितको संख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रासिलिया – ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । यहाँ हरेक दिन हजारौँको संख्यामा संक्रमितहरु थपिएसँगै संक्रमितको संख्या २३ लाख नाघेको हो ।

यहाँ गएको २४ घन्टा यतामात्र संक्रमितको संख्या ५५ हजार नाघेको छ । शुक्रबार मात्र यहाँ ५५ हजार ८९१ जना संक्रमित थपिएका छन् । एकै दिनमा यतिधेरै संख्यामा संक्रमित थपिएका हुन् ।

तर बिहीबार मात्र पनि यो भन्दा पनि बढी संक्रमित थपिएका बताइएको थियो । बिहीबार मात्र त्यहाँ २४ घन्टामा ५९ हजार ९६१ जना संक्रमित थपिएका र एकै दिनमा यो पहिलो पटक त्यहाँ यतिधेरै संख्यामा संक्रमित थपिएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाएका थिए ।

उनीहरुका अनुसार यो संख्या यहाँका संक्रमितको संख्या २३ लाख ४३ हजार ३६६ पुगेको छ । यहाँ संक्रमण शुरु भएयता देखि १५ लाख भन्दा बढी मानिस निको भएर घर फर्किएका पनि बताइएको छ ।

ब्राजिल विश्वमै सबैभन्दा धेरै संक्रमित भएका देशमध्ये दोस्रो हो । सबैभन्दा धेरै संक्रमितहरु अमेरिकामा छन् । अमेरिकामा कोरोनाका करिब ४० लाख संक्रमित पुगेका छन् ।

ब्रालिजमा गएको २४ घन्टायतामात्र १ हजार १५६ जनाको ज्यान गएको छ । कोरोना संक्रमितहरुको मृत्यु हुने संख्या पनि यहाँ दिनप्रतिदिन बढ्दै गएको देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले गएको मार्च ११ मा कोेभिड १९ लाई महामारीका रुपमा घोषणा गरेको थियो । त्यसयता विश्वका विभिन्न देशमा गरी एक करोड ५६ लाख मानिसहरु संक्रमित भइसकेका छन् ।

त्यस्तै यो महामारीबाट ६ लाख ३६ हजार जनाको ज्यान पनि गएको छ । यो भाइरसबाट सबैभन्दा बढी व्यक्ति संक्रमित हुने र ज्यान जाने देश अमेरिका हो ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  १२ : ३२ बजे

एनपीएल फाइनल भिडन्त भोलि : आम्नेसाम्ने हुँदै राष्ट्रिय टिमका कप्तान र उपकप्तान

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनल

धादिङमा सबस्टेसन निर्माण : हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्या हट्दै

काठमाडौं– भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण

त्रिवेणी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल

निर्वाचन आउन ८३ दिन बाँकीः समावेशी प्रतिनिधित्व गराउन समिति बन्यो

काठमाडौं – निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया

आजका लागि विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर उच्च बिन्दुमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय