गूगल म्यासेजमै ईमोजीमार्फत रिएक्ट गर्न सकिने « Khabarhub

गूगल म्यासेजमै ईमोजीमार्फत रिएक्ट गर्न सकिने


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- गूगल म्यासेजमा आएको म्यासेजमा अब प्रयोगकर्ताले रिएक्ट मात्रै पनि गर्न सक्ने भएका छन् । कसैले म्यासेज पठाएको अवस्थामा उक्त म्यासेजमा क्लिक गरि म्यासेज अनुसारको रिएक्ट गर्न सकिने फिचर गूगलले ल्याएको हो ।

यो सुविधा यसअघि फेसबुक म्यासेञ्जर र इन्स्टाग्रामको डाइरेक्ट म्यासेज (डीएम) मा उपलब्ध रहेको थियो । अब भने यो फिचर गूगलले पनि प्रयोगमा ल्याएको हो ।

यससँगै गूगल म्यासेज प्रयोगकर्ताले साथीभाइले पठाएको म्यासेजमा क्लिक गरी रिएक्ट गर्न सक्नेछन् । यो सेवा गूगलले पहिलो पटक गएको मे महिनामा परीक्षण गरेको थियो ।

अब भने यो सेवा विश्वव्यापी रूपमा सबै प्रयोगकर्ताका लागि सार्वजनिक भएको छ । कम्पनीका अनुसार यो सेवा प्रयोगका लागि गूगल म्यासेजको नयाँ भर्सन अपग्रेड तथा डाउनलोड गर्नुपर्ने हुन्छ ।

साथै नयाँ भर्सनमा ‘स्मार्ट रिप्लाई’ को सुविधा पनि उपलब्ध भएको छ । यसको अर्थ कसैले म्यासेज पठाएको खण्डमा उक्त म्यासेजसँग मिल्ने गरी गूगलले म्यासेज सजेस्ट समेत गर्नेछ ।

यदि सजेस्ट भएको म्यासेज तपाईंको लागि सान्दर्भिक भएको खण्डमा त्यसमा क्लिक गरि सहजै रिप्लाईको रुपमा पठाउन सकिन्छ छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ३ : ४१ बजे

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर