रातु खोलाले डुबानमा परेको बाँतर बस्तीको पानी अझै सुकेन « Khabarhub

रातु खोलाले डुबानमा परेको बाँतर बस्तीको पानी अझै सुकेन


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बाढीको कटान र डुबानबाट प्रभावित जनताले तत्काल सुरक्षित छु भन्ने अनुभूति हुने गरी राहत, उद्धारका काम हुने बताएका छन् ।

महोत्तरीको भङ्गाहा नगरपालिका–४ पलारको रातु नदीको बाढी कटान प्रभावित दलित बस्तीको निरीक्षण गर्दै उनले तत्काल नदीको धार बस्तीतिर नआउने व्यवस्था गरिने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनताको तटबन्ध कार्यालय र सिँचाइ डिभिजन कार्यालयका प्रमुखसहित बाढी कटान बस्तीमा पुगेका मन्त्री पोखरेलले नदीको धार व्यवस्थित गर्न र कटान प्रभावितलाई तत्काल राहत पुर्‍याउन निर्देशन दिए ।

“जनताले सरकार खोज्ने आपदविपदमै हो तत्काल राहत तथा उद्धारको काम बढाइहाल्नुपर्‍यो,” मन्त्री पोखरेलले भने ।

रातु नदी किनारको बाँतर जाति समुदायका दलित बसोबास बाहुल्यताको पलारमा यसपालि गतअसार अन्तिम साता र यही साउन पहिलो साताको मुसलधारे वर्षासँगैको बाढी पसेपछि यहाँका बासिन्दा चिल्लीबिल्ली परेका थिए ।

मन्त्री पोखरेल निर्वाचित महोत्तरी–१ को सो बस्तीमा ४० घर बाँतर र केही थारू परिवारको बसोबास छ । अत्यन्त गरिब र अवसरबाट पछि पर्दै आएका बाँतर यहाँका आदिवासी दलित हुन् ।

पछिल्ला दुईपटकको वर्षासँगैको बाढीले उत्तरी क्षेत्रमा कटान र दक्षिणी क्षेत्रमा डुबान गराएको छ । गत मङ्गलबार यता पानी थामिए पनि बाढीले मक्काएका गरिब बस्तीका झुप्रा अहिले धमाधम भत्कने र लड्दै गएका छन् ।

जिल्लामा अहिलेसम्म कटानबाट भन्दा डुबानबाट बढी प्रभावित भएको छ । पानी थामिएको पाँच दिन भइसक्दा पनि जिल्लाका २० बस्तीभित्रको पानी अझै सुकेको छैन ।

यही साउनको पहिलो साताको बाढीले बगाएर भङ्गाहा–६ का एक जनाको गत मङ्गलबार मृत्यु भएको थियो ।

वर्षाकै कारण दुला पानीले भरिएपछि बग्रेल्ती सर्प बाहिर निस्कँदा सर्पदंशका घटना पनि बढेका छन् ।

गत बुधबार सर्पदंशबाट पनि भङ्गाहा–५ कै बाँतर समुदायकै एक जनाको मृत्यु भएको थियो । त्यसैगरी जताततै पानी डम्म भरिँदा धानको रोपो पनि गल्दै गएको बस्तीका अगुवा चौठी बाँतरले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जिल्लास्थित सबै कार्यालयको समन्वयमा राहत उद्धारका कार्यक्रम तत्काल सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ६ : ४३ बजे

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र