शेर्पा सङ्घ युकेका अध्यक्ष साना शेर्पाको कोरोना भाइरसको संक्रमणले मृत्यु « Khabarhub

शेर्पा सङ्घ युकेका अध्यक्ष साना शेर्पाको कोरोना भाइरसको संक्रमणले मृत्यु


९ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे मृत्यु भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए ।

गत असार २९ गते कोरोना संक्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो ।

एक साताअघि कोरोना परीक्षण गर्दा संक्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन । भूतपूर्व गोर्खा सैनिकसमेत रहेका शेर्पा आफ्ना तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए । – रासस

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ७ : ०२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको