ओली-प्रचण्डबीच बालुवाटार भेटवार्ता सुरू « Khabarhub

ओली-प्रचण्डबीच बालुवाटार भेटवार्ता सुरू


९ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ।

प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । जारी भेटमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

आजको दुई अध्यक्षबीचको छलफलले पार्टीको सचिवालय बैठक बोलाउने सम्भावना रहेको छ । त्यस्तै कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा पनि कुराकानी हुने बुझिएको छ ।

नेकपाको अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते समाधानको सुत्रसहतिको १७ पेज लामो प्रतिवेदन बुझाएको थियो ।

जसमा ओलीले मुलत सरकार सञ्चालनमा केन्द्रीत हुने र प्रचण्डले मुलतः पार्टी सञ्चालनमा केन्द्रीत हुने सुझाव दिइएको छ ।

त्यस्तै सरकारलाई थप प्रभावकारी बनाउन केन्द्र तथा प्रदेशका मन्त्रीहरु हेरफेर गर्न समेत प्रतिवेदनले सुझाव दिएको छ ।

एकता महाधिवेसन, पार्टी एकतालाई पुर्णता तथा पार्टी विधि विधान अनुसार पार्टी चलाउनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

दुवै अध्यक्षले आइतबार र सोमबार उक्त प्रतिवेदन अध्ययन गरेका थिए । दुई अध्यक्षको छलफलपछि उक्त प्रतिवेदन सचिवालय हुँदै स्थायी समितिबाट पारित गरेर कार्यान्वयनमा लैजान सुझाव गरिएको छ ।

कार्यदलको प्रतिवेदनबारे दुई अध्यक्षबिच छलफल भएपछि सचिवालय बैठक बस्ने र त्यसपछि स्थायी कमिटीमा छलफल गर्ने नेकपा नेताहरुको तयारी छ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  १० : २३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र