ओली-प्रचण्ड छलफल सकियो, भदौ १३ गते सचिवालय बैठक बस्ने | Khabarhub Khabarhub

ओली-प्रचण्ड छलफल सकियो, भदौ १३ गते सचिवालय बैठक बस्ने


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को छलफल सकिएको छ ।

करिव २ घण्टा भएको छलफलमा अध्यक्षद्वय यही भदौ १३ गते बिहान ११ बजे सचिवालय बैठक राख्न सहमत भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

उक्त बैठकमा पार्टीको आन्तरिक विवाद समाधान गर्नका लागि सुझाव दिन गठीत कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल हुने बताइएको छ ।

नेकपाभित्र नेताहरूबीच शक्ति संघर्ष चुलिएपछि पार्टी विवाद समाधान गर्न भन्दै विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनेको थियो । उक्त कार्यदलले प्रतिबदेन बुझाएपछि त्यसलाई सचिवालयमा छलफल गर्न लागिएको हो ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ९ : ५९ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो