राष्ट्रिय महिला टोलीका १८ जनाको कोरोना बीमा गरियो « Khabarhub

राष्ट्रिय महिला टोलीका १८ जनाको कोरोना बीमा गरियो


९ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला टोलीका १८ जना सदस्यहरुको कोरोना बीमा गरेको छ ।

मंगलबार क्यानले विज्ञप्ति जारी गरी दोस्रो चरण अन्तरगत १८ जना महिला खेलाडीको पनि बीमा गरेको जानकारी दिएको छ ।

कोरोना भाइरस (कोभिड १९) को ज्ञास बढ्दै जाँदा खेलकुद गतिविधि भने ठप्प छन् । यसअघि क्यानले २३ जना पुरष क्रिकेट टीमा खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको थियो ।

पुरुष टिमका खेलाडीको बीमा गरेपछि महिला खेलाडीलाई विभेदकारी निर्णय गरेको भन्दै क्यानको विरोध भएको थियो ।

क्यान सचिव असोकनाथ प्याकुरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको परिस्थीति अनुसार क्यानले १८ जना महिला खेलाडीको कोरोना बीमा गरेको छ ।’

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  २ : ०० बजे

नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको