डब्ल्यूएचओका प्रतिनिधिले भने : नेपालमा यो सुरुवात हो, परिस्थिति अझ नराम्रो हुनसक्छ « Khabarhub

डब्ल्यूएचओका प्रतिनिधिले भने : नेपालमा यो सुरुवात हो, परिस्थिति अझ नराम्रो हुनसक्छ


९ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित कार्यालयका प्रतिनिधि डा. जोस भ्यानडिलिएरले नेपालमा कोरोना भाइरस संक्रमणको स्थिति भयावह बन्ने संकेत गरकेा छन् ।

उनले नेपालमा हाल देखिएको कोरोना संक्रमणको संख्या सुरुवातमात्रै भएको सचेतना नअपनाए भविष्यमा संक्रमितको संख्या अझ धेरै बढ्ने बताएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित पत्रकार सम्मेलनमा भ्यानडिलिएरले विश्वमा हेर्दा समग्र जनसंख्याको एकदेखि दुई प्रतिशतसम्म संक्रमित भएको पाइएकाले नेपालमा पनि आगामी दिनमा संक्रमित संख्या बढ्दै जाने परिस्थिति देखिएको बताए ।

उनले भने, ‘नेपालमा कोरोना संक्रमणको संख्या यो सुरुवातमात्रै हो, उच्च सावधानी नअपनाए अझै आगामी हप्ता, महिनामा निकै नै केस बढ्नेछन्। परिस्थिति अझ नराम्रो हुनेवाला छ।’

उनले सामाजमा पाका उमेरका मानिसहरुमा पनि संक्रमण बढ्दै जाने भएकाले मृत्युको संख्या पनि बढ्दै जाने बताए।

ब्राजिलजस्ता धेरै प्रभावित देशमा पनि एकदेखि दुई प्रतिशतसम्म संक्रमित देखिएकाले सबैमा संक्रमण नहुने भन्दै नआत्तिन पनि आग्रह गरे।

उनले विश्व स्वास्थ्य संगठनले कोभिडविरुद्ध लड्न नेपाल सरकारलाई पूर्व तयारी, निगरानी, तथ्यांक संकलन, प्रयोगशालाको क्षमता र गुणस्तर सुनिश्चितता लगायतका विषयमा सहयोग गरिरहेको जानकारी दिए।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ५ : ३३ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई