डब्ल्यूएचओका प्रतिनिधिले भने : नेपालमा यो सुरुवात हो, परिस्थिति अझ नराम्रो हुनसक्छ « Khabarhub

डब्ल्यूएचओका प्रतिनिधिले भने : नेपालमा यो सुरुवात हो, परिस्थिति अझ नराम्रो हुनसक्छ


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित कार्यालयका प्रतिनिधि डा. जोस भ्यानडिलिएरले नेपालमा कोरोना भाइरस संक्रमणको स्थिति भयावह बन्ने संकेत गरकेा छन् ।

उनले नेपालमा हाल देखिएको कोरोना संक्रमणको संख्या सुरुवातमात्रै भएको सचेतना नअपनाए भविष्यमा संक्रमितको संख्या अझ धेरै बढ्ने बताएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित पत्रकार सम्मेलनमा भ्यानडिलिएरले विश्वमा हेर्दा समग्र जनसंख्याको एकदेखि दुई प्रतिशतसम्म संक्रमित भएको पाइएकाले नेपालमा पनि आगामी दिनमा संक्रमित संख्या बढ्दै जाने परिस्थिति देखिएको बताए ।

उनले भने, ‘नेपालमा कोरोना संक्रमणको संख्या यो सुरुवातमात्रै हो, उच्च सावधानी नअपनाए अझै आगामी हप्ता, महिनामा निकै नै केस बढ्नेछन्। परिस्थिति अझ नराम्रो हुनेवाला छ।’

उनले सामाजमा पाका उमेरका मानिसहरुमा पनि संक्रमण बढ्दै जाने भएकाले मृत्युको संख्या पनि बढ्दै जाने बताए।

ब्राजिलजस्ता धेरै प्रभावित देशमा पनि एकदेखि दुई प्रतिशतसम्म संक्रमित देखिएकाले सबैमा संक्रमण नहुने भन्दै नआत्तिन पनि आग्रह गरे।

उनले विश्व स्वास्थ्य संगठनले कोभिडविरुद्ध लड्न नेपाल सरकारलाई पूर्व तयारी, निगरानी, तथ्यांक संकलन, प्रयोगशालाको क्षमता र गुणस्तर सुनिश्चितता लगायतका विषयमा सहयोग गरिरहेको जानकारी दिए।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ५ : ३३ बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा