बारामा थप दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

बारामा थप दुई कोरोना संक्रमितको मृत्यु


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बारामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पताल वीरगंजका डाक्टर उदय नारायण सिंहले बाराका २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको खबरहबलाई बताए ।

डा सिंहका अनुसार बाराको पर्सुरामपुर– ४ का ७४ वर्षका एक पुरुषको मंगलबार बिहान ९ बजे उपचारको क्रममा मृत्युभएको हो ।

ती पुरुष कोरोना पोजेटिभ भए पनि होम आइसोलेसनमा रहेका थिए । तर स्वास्थ्यमा समस्या देखिएपछि सोमबार गण्डक कोभिड विशेष अस्पतालमा भर्ना भएका थिए ।

उनको आज बिहान ६ बजे मृत्युभएको डा सिंहको भनाइ छ ।

यस्तै अर्का मृतक संक्रमित महागढीमाई–४ का ५९ वर्षका पुरुष हुन् । उनको पनि आज बिहान १० बजे मृत्युभएको डा सिंहको भनाइ छ ।

यी दुवै संक्रमितको आज बिहान मृत्युभए पनि स्वास्थ्य मन्त्रालयको आजको नियमित लाइभ अपडेटमा भने अध्यावधिक गरेको छैन ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ६ : २८ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ