मलामीमा सहभागीमध्ये ७८ को रिपोर्ट नेगेटिभ « Khabarhub

मलामीमा सहभागीमध्ये ७८ को रिपोर्ट नेगेटिभ


९ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियाको मधुवन नगरपालीकामा एक व्यक्तिको दाहसंस्कारपछि कोरोना रिपोर्ट पोजिटभ आएका कारण पीसीआर परीक्षण गरिएका ७८ जना मलामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

मधुवन –९ का कोरोना पोजेटिभ ७८ वर्षीय एक पुरुषको मुत्युपछि मलामी गएका ७९ जनाको परीक्षण गर्दा एक जनामा कोरोना सङ्क्रमण देखिएको नगरप्रमुख गणेशबहादुर क्षेत्रीले जानकारी दिए ।

दाहसंस्कारपछि मृतक व्यक्तिको सम्पर्कमा रहेका मलामी र स्थानीयलाई क्वारेन्टिन तथा होम क्वारेन्टिनमा राखिएको थियो ।

भदौ १ गते ७८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ८ : ४० बजे

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले