श्रीमानले कुटे भन्दै पूनम पाण्डेले गुहारिन प्रहरी « Khabarhub

श्रीमानले कुटे भन्दै पूनम पाण्डेले गुहारिन प्रहरी


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री पूनम पाण्डेले केही दिन अघिमात्र गुपचुप तवरले आफ्ना प्रेमी सैम बम्बेसँग विवाह गरेकी थिइन् । तर अहिले दुबैबीच विवाद भएको सार्वजनिक भएको छ ।

पूनमले विवाह घोषणा गरेको लगभग २ सातापछि उनका श्रीमान सैम बम्बेविरुद्ध मुद्धा दर्ता गराएकी छन् । पूनमका अनुसार सैमले उनीमाथि कुटपिट गरेका छन् । विवाहको यति चाडैं दुबैबीच भएको विवादले पूनमका फ्यानहरु आक्रोशित बनेका छन् ।

पूनम पाण्डेको उजुरीपछि सैमलाई गोवाबाट गिरफ्तार गरिएको छ । अहिलेसम्म पूनमले लगाएको आरोप साबित भएको छैन ।

३६ वर्षीय सैम बम्बे एड फिल्म निर्माता हुन् । उनले अक्षय कुमार, रणबीर कपूर, दीपिका पादुकोण, जैकलीन फर्नान्डिज, तमन्नाह भाटिया, अल्लू अर्जुन र अन्य चर्चित फिल्मस्टार्ससँगको प्रोजेक्टमा काम गरीसकेका छन् । सैमले ओप्पो, स्पार्कस्, अमेजन जस्ता प्रसिद्ध ब्राण्डका विज्ञापन निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १ : ५७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।