करेन्ट लागेर मृत्यु भएका वडाध्यक्षको परिवारलाई क्षतिपूर्तिको माग | Khabarhub Khabarhub

करेन्ट लागेर मृत्यु भएका वडाध्यक्षको परिवारलाई क्षतिपूर्तिको माग


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – करेन्ट लागेर मृत्यु भएका माप्यदूधकोशी गाउँपालिका–५ का वडाध्यक्षको परिवारलाई रु २५ लाख क्षतिपूर्तिको व्यवस्था गर्न सोलुखुम्बु जिल्लाका सांसदले माग गरेका छन् ।

जिल्लाका प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यसहितको टोलीले पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् ।

प्रदेशसभा सदस्य एवं नेकपा प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले क्षतिपूर्ति दिने सवालमा आनाकानी नगर्न कम्पनीसँग आग्रह गरे ।

कम्पनीले लाइनको व्यवस्थापनमा ध्यान नदिई आम्दानीतर्फ मात्रै ध्यान दिँदा दुर्घटना भएको प्रदेशसभा सदस्य राजभण्डारीको भनाइ छ ।

सल्लेरी–च्याल्सा विद्युत् कम्पनीको हाइटेन्सन लाइनलाई व्यवस्थित बनाउन सोलुखुम्बुका सांसदले निर्देशन दिएका छन् । बिहीबार कम्पनीका प्रतिनिधि र सरोकारवालाबीच भएको छलफलमा जोखिम क्षेत्रको तारलाई तत्काल व्यवस्थित बनाउन प्रतिनिधिसभा सदस्य हेमकुमार राई सुरवीरले निर्देशन दिए ।

अव्यवस्थित तारका कारण मानवीय क्षति भएको बताउँदै राईले यस्ता तारलाई तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । छलफलमा सासंद हेमकुमार राई सुरवीर, प्रदेशसभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी, उत्तमकुमार बस्नेत र विभिन्न पालिकाका प्रमुख, उपप्रमुखलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : ५० बजे

विदेशको अनुभव, स्वदेशमा उपयोग

भोजपुर– वर्षौँदेखि विदेशमा श्रम गरे पनि अपेक्षित कमाई र सन्तुष्टि नपाएका

सुनको मूल्य तोलाको दुई लाख २१ हजार ७०० पुग्यो

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ

चाडपर्वमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

चितवन– चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय

फ्रान्ससहित थप ६ मुलुकले प्यालेस्टाइनलाई दिए मान्यता, राष्ट्रसंघीय महासचिवले भने- यो अधिकार हो

न्यूयोर्क- इजरायलले गाजामा भीषण आक्रमण जारी राखिरहेको बेला फ्रान्स, अन्डोरा,

जेन-जीका नाममा कांग्रेस नेताको घरमा आगो लगाउँदा जलेकी महिलाको मृत्यु

काठमाडौँ- गत भदौ २४ गते जेन-जीका नाममा भएको उग्र प्रदर्शनका