सिभिल बैंकले शुरु गर्यो किसान समृद्धि कार्ड « Khabarhub

सिभिल बैंकले शुरु गर्यो किसान समृद्धि कार्ड


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिभिल बैंकले किसानको सुविधाका लागि किसान समृद्धि कार्ड सञ्चालनमा ल्याएको छ ।

देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सम्पूर्ण कृषकको समृद्धिका लागि कार्ड सेवा सुरु गरेको बैंकले जनाएको छ ।

कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको समयमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोहि खाताबाट कर्जाका रुपमा थप रकम पनि झिक्न सकिने बैंकले जनाएको छ ।

सुविधा अन्तर्गत खेतीयोग्य जमिन धितोका रुपमा राखी पाँच लाख रुपैयाँसम्म ऋण सुबिधा उपलब्ध हुने बताइएको छ ।

यो सुविधा लिन ग्राहकले बैंकमा वचत खाता खोल्नुपर्नेछ । यो ऋण सुबिधा कृषिलाई मुख्य पेसाका रुपमा अगाल्ने कृषकलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइनेछ । यो ऋण सुविधाको लागि कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ३ : ३१ बजे

कर्णालीमा स्याउ विकास बोर्ड गठनको तयारी

काँक्रेविहार– स्याउ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले स्याउ

कङ्गोमा बिद्रोही आक्रमण, १४ जनाको मृत्यु

बेनी– अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा

जेन-जी आन्दोलन : ‘पसल पुगेर आउँछु’ भनेका निरज कहिल्यै फर्किएनन्…

काठमाडौं– पुरानो थातथलो बैतडीको दशरथचन्द–६ स्थायी ठेगाना भई एक दशकदेखि

मानुङ–पुलिमराङ अल्ट्रा म्याराथन हुने

दमौली– व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका