आकर्षक फिचरसहितको भिभो वाई २० सार्वजनिक « Khabarhub

आकर्षक फिचरसहितको भिभो वाई २० सार्वजनिक


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भिभोले युवा पुस्तामाझ लोकप्रिय वाई सिरिज अन्तर्गत वाई ट्वान्टी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

उत्कृष्ट प्रविधि र आकर्षण डिजाइनका साथ बजारमा उपलब्ध यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ ।

कम्पनीका अनुसार भिभो वाई ट्वान्टी पावर सेभिङ टेक्नोलोजी प्रयोग गरिएको छ । जसले गर्दा एक पटकको फुल चार्जमा प्रयोगकर्ताले लामो समय सम्म निरन्तर रुपमा मोबाइल प्रयोग गर्न पाउनेछन् ।

पातलो डिजाइनमा आएको फोनको साइडमा फ्रिगर प्रिन्ट स्क्यान राखिएको छ । जसको मद्दतले प्रयोगकर्ताले बिना कुनै झन्झट सेकन्डमै फोन खोल्न सकिने उल्लेख छ ।

स्मार्टफोन हलुका भएकाले प्रयोगकर्ताको हातका लागि प्रयोगमैत्री रहेको छ । दुई कलरमा बजारमा उपलब्ध हुने भएता पनि हालसम्म कुन कुन कलरमा भित्रिन्छ भन्ने विषयमा भने कम्पनीले कुनै जानकारी दिएको छैन् ।

कम्पनीका अनुसार स्मार्टफोनमा प्रयोग भएको क्यामेरा प्रविधिको मद्दतले प्रयोगतर्काले प्रोफेशनल फोटो ग्राफिको मज्जा लिन सक्ने छन् । जसका लागि फोनमा एआईमा आधारित रियर क्यामेरा प्रयोग गरिएको छ ।

जसमा म्याक्रो, बोकेलगायतका धेरै फिचर छन् । ६.५१ इन्चको हालो डिस्प्लेका साथ विभन्नि प्रविधिको प्रयोगमार्फत फोनको स्क्रिनमा नयाँ आयाम प्रदान गरिएको कम्पनीले जनाएको कम्पनीका अनुसार जसले फिल्म हेर्दा तथा गेम खल्दा प्रयोगकर्ताले नयाँ अनुभव प्राप्त गर्नेछन् ।

३ जिबी र्‍याम र ६४ जिबी रोम क्षमताको फोनलाई माइक्रोएसडी कार्डको मद्दतले २५६ जीबीसम्म क्षमता विस्तार गर्न सकिने छ । फोनमा क्वालकम स्न्यापड्रागन प्रोशेसरको प्रयोग गरिएको छ । जसको मद्दतले बिना कुनै रुकाउट लामो समयसम्म गेम खेल्न सकिने उल्लेख गरिएको छ ।

कम्पनीको अनुसार यो फोन अहिलको युवाको रुची प्रविधि र डिजाइनको मिश्रण हो । यसमा प्रयोग भएको ब्याट्री, क्यामेरा, प्रोसेसर र डिजाइन यो फोनको सबैभन्दा उत्कृष्ट पक्ष हो ।

यो फोनको मूल्य २० हजार ९९० राखिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ४ : ०३ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको