अमेरिकी विदेशमन्त्री पोम्पेओ विभिन्न देशको भ्रमणमा निस्कँदै | Khabarhub Khabarhub

अमेरिकी विदेशमन्त्री पोम्पेओ विभिन्न देशको भ्रमणमा निस्कँदै


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओ एक हप्ता लामो बैदेशिक भ्रमणमा निस्किएका छन् ।

उनले आइतबारदेखि ग्रिस, इटली, क्रोएसियालगायतका देशको भ्रमण गर्ने तय भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

भ्रमणका क्रममा उनले सम्बन्धित देशका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले जनाएको छ । सबै भेटवार्तामा विशेष गरेर सुरक्षाका विषयमा कुराकानी हुने बताइएको छ ।

“विदेश मन्त्री माइक पोम्पेओले यही सेप्टेम्बर २७ देखि अक्टोबर २ तारिखसम्म ग्रिस, इटली, होली सी र क्रोएसियाको भ्रमण गर्ने तय भएको छ,” मन्त्रालयद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

पोम्पेओले ग्रिसमा प्रधानमन्त्री क्रिकोस मित्सोताकिस र विदेश मन्त्री निकोस डेन्डीयाससँग सुरक्षा मामिलामा छलफल गर्ने छन् ।

भ्रमण र भेटवार्ताका क्रममा उनले दुई पक्षीय हित, सहकार्य र साझेदारीताका साथै विज्ञान तथा प्रविधि सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गर्ने जनाइएको छ ।

उनले ग्रिसका उर्जा क्षेत्रका व्यवसायी र सरोकारवालाहरुसँग पनि छलफल गर्ने र सहकार्यका संभावनाहरुको खोजी गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनले इटालीमा प्रधानमन्त्री जिउसेप कोन्टे र विदेश मन्त्री लुइगी डि माइयोसँग कोरोनाभाइरसको प्रभाव र त्यस क्षेत्रको सुरक्षा चुनौतीका बारेमा कुराकानी गर्ने तय भएको छ ।

उनको यस पटकको साताव्यापी विदेश भ्रमण अक्टोबर २ तारिखमा क्रोएसियाको भ्रमणसँगै सकिने तालिका रहेको छ । त्यहाँ उनले प्रधानमन्त्री अन्ड्रेज प्लेन्कोभिक, विदेशमन्त्री गोर्डन गलीक र रक्षा मन्त्री मारियो बानोजिकसँग भेटवार्ता गर्नेछन् ।

क्रोएसियामा पनि पोम्पेओले सुरक्षा, व्यापार सहयोगलगायतका विषयमा दुईपक्षीय हित र सहकार्यका लागि छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ५ : ४५ बजे

बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो 

कमलामाई– रातको अँध्यारोले बिहानीको उज्यालो नहुँदै झिसमिसेमा होस् वा बेलुका

‘नेता र सत्तामुखी मानसिकताले चुनाव जिताउन र हराउनमात्रै काम गर्छ’

पछिल्लो समय इलाम र बझाङमा भएको उपचुनाव सन्दर्भलाई लिएर विभिन्न

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस

काठमाडौं-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही आइतबार प्रदेशसभाबाट पाएको विश्वासको

भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले जाजरकोट केन्द्रबिन्दु

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् ।