अमेरिकी विदेशमन्त्री पोम्पेओ विभिन्न देशको भ्रमणमा निस्कँदै « Khabarhub

अमेरिकी विदेशमन्त्री पोम्पेओ विभिन्न देशको भ्रमणमा निस्कँदै


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओ एक हप्ता लामो बैदेशिक भ्रमणमा निस्किएका छन् ।

उनले आइतबारदेखि ग्रिस, इटली, क्रोएसियालगायतका देशको भ्रमण गर्ने तय भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

भ्रमणका क्रममा उनले सम्बन्धित देशका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले जनाएको छ । सबै भेटवार्तामा विशेष गरेर सुरक्षाका विषयमा कुराकानी हुने बताइएको छ ।

“विदेश मन्त्री माइक पोम्पेओले यही सेप्टेम्बर २७ देखि अक्टोबर २ तारिखसम्म ग्रिस, इटली, होली सी र क्रोएसियाको भ्रमण गर्ने तय भएको छ,” मन्त्रालयद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

पोम्पेओले ग्रिसमा प्रधानमन्त्री क्रिकोस मित्सोताकिस र विदेश मन्त्री निकोस डेन्डीयाससँग सुरक्षा मामिलामा छलफल गर्ने छन् ।

भ्रमण र भेटवार्ताका क्रममा उनले दुई पक्षीय हित, सहकार्य र साझेदारीताका साथै विज्ञान तथा प्रविधि सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गर्ने जनाइएको छ ।

उनले ग्रिसका उर्जा क्षेत्रका व्यवसायी र सरोकारवालाहरुसँग पनि छलफल गर्ने र सहकार्यका संभावनाहरुको खोजी गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनले इटालीमा प्रधानमन्त्री जिउसेप कोन्टे र विदेश मन्त्री लुइगी डि माइयोसँग कोरोनाभाइरसको प्रभाव र त्यस क्षेत्रको सुरक्षा चुनौतीका बारेमा कुराकानी गर्ने तय भएको छ ।

उनको यस पटकको साताव्यापी विदेश भ्रमण अक्टोबर २ तारिखमा क्रोएसियाको भ्रमणसँगै सकिने तालिका रहेको छ । त्यहाँ उनले प्रधानमन्त्री अन्ड्रेज प्लेन्कोभिक, विदेशमन्त्री गोर्डन गलीक र रक्षा मन्त्री मारियो बानोजिकसँग भेटवार्ता गर्नेछन् ।

क्रोएसियामा पनि पोम्पेओले सुरक्षा, व्यापार सहयोगलगायतका विषयमा दुईपक्षीय हित र सहकार्यका लागि छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ५ : ४५ बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको