रेम्डेसिभिर औषधि क्लिनिकल ट्रायलका रुपमा मात्रै प्रयोग भइरहेको छ: ढकाल | Khabarhub Khabarhub

रेम्डेसिभिर औषधि क्लिनिकल ट्रायलका रुपमा मात्रै प्रयोग भइरहेको छ: ढकाल


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपालमा कोरोनाको उपचारमा रेम्डेसिभिर औषधि क्लिनिकल ट्रायलको रुपमा मात्रै प्रयोग भइरहेको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ढकालले रेम्डेसिभिर औषधि अनुसन्धानका लागि मात्र प्रयोग भइरहेको बताएका हुन् ।

‘कोभिड–१९ रोग लागेकाको उपचारका लागि रेम्डेसिभिर भन्ने औषधि केही उपयोगी रहेको भनेर प्रयोगमा ल्याइएको हो,’ ढकालले भने, ‘यसलाई अहिले क्लिनिकल ट्रायलका लागि प्रयोगमा ल्याइएको छ ।’

उनले रेम्डेसिभिर औषधि चिकित्सकीय निगरानीमा बिरामीको इच्छा बमोजिम र सरकारबाट स्वीकृत दिइएका कोभिड अस्पतालमा प्रयोग गरिएको बताए ।

‘कोभिडको औषधि नेपालमा आइसक्यो, वितरण भयो, सरकारले दिएन, औषधि व्यवस्था विभागले अनुमति दिए भन्ने गुनासो जुन छ, यसमा ढुक्क हुनुहोला यो चिकित्सकीय निगरानीमा बिरामीको इच्छा बमोजिम सरकारले कोभिड ट्रिटमेन्ट भनेर तोकिएका अस्पतालमा अनुसन्धान परिषद्को अनुसन्धानअन्तर्गत रहेर चिकित्सकले इच्छा जायर गरेपछि उपलब्ध गराइन्छ र निशुल्क छ ।’

उनले यो औषधि बजार तथा मेडिकल पसलमा खरिद विक्री नहुने औषधि भएको पनि बताए । ढकालले अहिले बजारमा कुनै पनि औषधिको अभावको अवस्था नभएको पनि बताए ।

उनले कोरोना भाइरसको निश्चित औषधि नभए पनि अन्य औषधि भने सबै अस्पतालमा पर्याप्त मात्रामा रहेको बताए । साथै उनले रेम्डेसिभिर औषधिको असर देखिएमा खबर गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ७ : ३० बजे

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र