रेम्डेसिभिर औषधि क्लिनिकल ट्रायलका रुपमा मात्रै प्रयोग भइरहेको छ: ढकाल « Khabarhub

रेम्डेसिभिर औषधि क्लिनिकल ट्रायलका रुपमा मात्रै प्रयोग भइरहेको छ: ढकाल


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपालमा कोरोनाको उपचारमा रेम्डेसिभिर औषधि क्लिनिकल ट्रायलको रुपमा मात्रै प्रयोग भइरहेको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ढकालले रेम्डेसिभिर औषधि अनुसन्धानका लागि मात्र प्रयोग भइरहेको बताएका हुन् ।

‘कोभिड–१९ रोग लागेकाको उपचारका लागि रेम्डेसिभिर भन्ने औषधि केही उपयोगी रहेको भनेर प्रयोगमा ल्याइएको हो,’ ढकालले भने, ‘यसलाई अहिले क्लिनिकल ट्रायलका लागि प्रयोगमा ल्याइएको छ ।’

उनले रेम्डेसिभिर औषधि चिकित्सकीय निगरानीमा बिरामीको इच्छा बमोजिम र सरकारबाट स्वीकृत दिइएका कोभिड अस्पतालमा प्रयोग गरिएको बताए ।

‘कोभिडको औषधि नेपालमा आइसक्यो, वितरण भयो, सरकारले दिएन, औषधि व्यवस्था विभागले अनुमति दिए भन्ने गुनासो जुन छ, यसमा ढुक्क हुनुहोला यो चिकित्सकीय निगरानीमा बिरामीको इच्छा बमोजिम सरकारले कोभिड ट्रिटमेन्ट भनेर तोकिएका अस्पतालमा अनुसन्धान परिषद्को अनुसन्धानअन्तर्गत रहेर चिकित्सकले इच्छा जायर गरेपछि उपलब्ध गराइन्छ र निशुल्क छ ।’

उनले यो औषधि बजार तथा मेडिकल पसलमा खरिद विक्री नहुने औषधि भएको पनि बताए । ढकालले अहिले बजारमा कुनै पनि औषधिको अभावको अवस्था नभएको पनि बताए ।

उनले कोरोना भाइरसको निश्चित औषधि नभए पनि अन्य औषधि भने सबै अस्पतालमा पर्याप्त मात्रामा रहेको बताए । साथै उनले रेम्डेसिभिर औषधिको असर देखिएमा खबर गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ७ : ३० बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,