लागुऔषध र सुनसहित भारतीय सीमा क्षेत्रबाट चार पक्राउ « Khabarhub

लागुऔषध र सुनसहित भारतीय सीमा क्षेत्रबाट चार पक्राउ


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- बेलडाँडी गाउँपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले लागुऔषध र सुनसहित पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट भुडा र बोर्डर आउट पोष्ट झिलमिलाको सीमा नाका गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा कैलाली उपमहानगरपालिका–२ का १६ वर्षीय हिमाल शाह, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का २८ वर्षीय मनिष सुनारलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका मध्ये शाहबाट सशस्त्र प्रहरीले लागु औषध ब्राउन सुगर तीन दशमलव पाँच ग्राम र अर्का पक्राउ परेका सुनारबाट एक दशमलव पाँच आना अवैध सुन बरामद गरेको छ ।

यसैगरी भीमदत्त नगरपालिका–३ भाँसी बस्ने ३५ वर्षीय जनकराज जोशी र सोही नगरपालिका वडा नं १५ बस्ने ३६ वर्षीय नगेन्द्र चन्दलाई मोटरसाइकलको सिटभित्र लागु औषध लुकाइछिपाई राखेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ गरेकाहरुबाट लागु औषध कोरेक्स ६०० मिलिटरका छ बोतल, नाइट्रोभ्याट २४ चक्की, प्रोभोलिन स्पास १५ वटा बरामद गरेको छ । बरामद लागु औषध, सुन, मोटरसाइकल र पक्राउ परेका चारै जनालाई आवश्यक कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  १० : २४ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि