आईपीएल : दोस्रो खेलमा मुम्बई र राजस्थान भिड्दै, जित्नै पर्ने दबाबमा राजस्थान « Khabarhub

आईपीएल : दोस्रो खेलमा मुम्बई र राजस्थान भिड्दै, जित्नै पर्ने दबाबमा राजस्थान


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज आइतबार हुने दोस्रो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

मुम्बई र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट मैदानमा मुम्बई आठौं जितको खोजीमा हुनेछ । अघिल्ला १० खेलमा ७ जितसहित १४ अंक जोडेको मुम्बई शीर्ष स्थानमा रहेको छ ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई राजस्थानलाई हराएर शीर्ष यथावत राख्न चाहन्छ । अघिल्ला खेलमा टिम बाहिर रहेका रोहित राजस्थानविरुद्ध मैदान फर्कने बताईएको छ ।

यता, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान पनि जित निकाल्ने योजनामा हुनेछ । प्ले अफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाबमा राजस्थान छ ।

राजस्थान ११ खेलमा ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । राजस्थानका लागि यस खेल गर या मरको स्थितिमा हुनेछ ।

राजस्थान मुम्बईसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । सिजनको पहिलो भेटमा राजस्थानलाई मुम्बईले ५७ रनले हराएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ३ : २८ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा