आईपीएल : दोस्रो खेलमा मुम्बई र राजस्थान भिड्दै, जित्नै पर्ने दबाबमा राजस्थान | Khabarhub Khabarhub

आईपीएल : दोस्रो खेलमा मुम्बई र राजस्थान भिड्दै, जित्नै पर्ने दबाबमा राजस्थान


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज आइतबार हुने दोस्रो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

मुम्बई र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट मैदानमा मुम्बई आठौं जितको खोजीमा हुनेछ । अघिल्ला १० खेलमा ७ जितसहित १४ अंक जोडेको मुम्बई शीर्ष स्थानमा रहेको छ ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई राजस्थानलाई हराएर शीर्ष यथावत राख्न चाहन्छ । अघिल्ला खेलमा टिम बाहिर रहेका रोहित राजस्थानविरुद्ध मैदान फर्कने बताईएको छ ।

यता, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान पनि जित निकाल्ने योजनामा हुनेछ । प्ले अफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाबमा राजस्थान छ ।

राजस्थान ११ खेलमा ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । राजस्थानका लागि यस खेल गर या मरको स्थितिमा हुनेछ ।

राजस्थान मुम्बईसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । सिजनको पहिलो भेटमा राजस्थानलाई मुम्बईले ५७ रनले हराएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ३ : २८ बजे

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने