देशभर २७७ कोरोना संक्रमित आइसियुमा, ६६ को भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

देशभर २७७ कोरोना संक्रमित आइसियुमा, ६६ को भेन्टिलेटरमा उपचार हुँदै


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म देशभर २७७ जना कोरोना संक्रमित आइसियुमा र ६६ को भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २६ आइसियु र १० जनामा संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

प्रदेश २ मा १० जना आइसियु र २ जना भेन्टिलेटरमा, बागमती प्रदेशमा १७६ जना आइसियु र ४५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

त्यसैगरी गण्डकी प्रदेशमा १३ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४२ जना आइसियु र ८ जना भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ७ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसियुमा उपचाररत भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३३६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ११ हजार ६७० पुगेको छ।

आज देशभर ४५ हजार ५७२ जना सक्रिय संक्रमित छन्। आज देशभर ५ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  १० : १५ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी