राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम « Khabarhub

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेको छ ।

दैनिक हजारौँ सवारी साधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दा पनि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् ।

राजमार्गका ठाउँठाउँमा गरिएको कालोपत्रे गत असारसाउन महिनाको अविरल वर्षाका कारण भत्केको झण्डै तीन महिना बिते पनि टालटुलसमेत हुन सकेका छैन ।

खासगरी पूर्वमा कटारी चोकदेखि पश्चिममा मिर्चैया थाना चोकसम्मका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ । मिर्चैयाका थाना चोक, कटारी चोक र पश्चिम बस स्टेन्डमा रहेका ठुल्ठुला खाल्डाखुल्डीले पैदल आवतजावत गर्नसमेत समस्या भएको छ ।

सडकमा रहेका खाल्डाखुल्डी पार गर्नका लागि चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढेको स्थानीय व्यापारी अशोक साहले बताए ।

राजमार्गमा रहेका समस्या समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटकपटक जानकारी गराइए पनि कुनै चासो नदिएको व्यापारी साहको आरोप छ । राजमार्गका केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हुँदासमेत सडक डिभिजन कार्यालय लहानले कालोपत्रे गरेर दिगो समाधान गर्नेतर्फ ध्यान नदिएको स्थानीयवासीको भनाइ छ ।

वर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुका साथै स्थानीयवासीलाई सास्ती व्यहोर्नु परेको छ । मुख्यमार्गमा पैदल आवतजावत गर्नेलाई पनि कठिनाइ भइरहेको छ । सडकमा जोखिम मोलेर भए पनि चालकले यातायात सेवा सञ्चालन गर्ने गरेका छन् ।

मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले सडकको दुर्दशाप्रति आफूहरु पनि चिन्तित रहेको जनाउँदै समस्या समाधानका लागि पहल भइरहेको बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ६ : ०४ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर