मोटरसाइकलसहित तस्करीका सामग्री बरामद « Khabarhub

मोटरसाइकलसहित तस्करीका सामग्री बरामद


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री र कपडाको तस्करी बढेको छ ।

विभिन्न नाका हुँदै अवैध रूपले नेपाल भित्रिने कपड़ालगायत शृङ्गार प्रसाधन र तयारी कपडालगायत विभिन्न सामग्री रौतहटकै बजारमा लग्ने गरिन्छ ।

नेपालतफ सीमावर्ती क्षेत्रका बेलबिछवा, महादेवपट्टी, बंजरहा, मठ्ठिया, जयनगर, रामपुरखाप, नरकटिया र बंकूल, बाराका कचोरवा, सिमरौनगढ़, पिपरपाती, मटीअर्वा, बसतपुर, कवाहिकोटलगायत तथा भारततर्फका बोर्डर आउट पोष्ट बरगैनिया, चैनपुर, भंगहा, जमुनिया, अठमुहान, अमवालगायतबाट कपड़ा एवं अन्य वस्तु तस्करी भइरहेको छ ।

जिल्लामा तस्करी बढ्दै गएको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण हेडक्वार्टर रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यसेन ओली कडा रुपमा प्रस्तुत भएका छन् ।

कोरोना भाइरस महामारीका समयमा मुख्य नाकाका साथसाथै ग्रामीण भेगमा समेत सशस्त्र प्रहरी बलले निगरानी बढाएको छ ।

नेपाल र भारतको खुला सीमाको फाइदा उठाउँदै अवैध रूपले नेपाल भित्र्याइएका मोटरसाइकलसहित कपडा र अन्य सामान बरामदसमेत गरिएको सशस्त्र प्रहरी उपरीक्षक ओलीले जानकारी दिए ।

उनका अनुसार विशेष सूचना पाउनासाथ सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । शनिबार राति मोटरसाइकलसहित करीब रु नौ लाख बराबरको कपडालगायत विभिन्न सामग्री बरामद गरिएको छ ।

भारत नेपालको सीमा नाकामा पर्ने नरकटिया समिलको बाटो भएर देवाही गोनाही नगरपालिकाको करकच टोलबाट भित्र्याइएका करीब रु चार लाख ५० हजार बराबरका अवैध लत्ताकपडा, मोबाइल, कीटनाशक औषधि तथा बारा–रौतहटका विभिन्न नाकाबाट राजस्व छली गरी ल्याइएका करीब रु चार लाख ५० हजार बराबरका विभिन्न सामग्री राति नै बरामद गरी ११ नम्बर गण हजमिनिया सशस्त्र हेडक्वार्टरमा ल्याइएको प्रहरी उपरीक्षक ओलीले बताए ।

विभिन्न नाकाबाट तस्करी हुन थालेपछि मातहतका एकाइलाई नियन्त्रण गर्न र भागेका तस्करको खोजतलाससमेत गर्न निर्देशन दिइएको छ । बरामद भएका सामग्री आवश्यक कारवाहीका लागि कार्यालय खुलेपछि भन्सार कार्यालय बुझाइने सप्रउ ओलीले जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ५ : ४५ बजे

काठमाडौँ उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत

ललितपुर– बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै