कमल थापा अस्पतालबाट डिस्चार्ज « Khabarhub

कमल थापा अस्पतालबाट डिस्चार्ज


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापा चाबहिलस्थित ओम अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि अस्पतालले उनलाई आइतबार डिस्चार्ज गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

गत असोज ३० गते स्वास्थमा समस्या देखिएपछि कोरोना परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

उनलाई टाउको दुख्‍ने,ज्वरो आउने र श्वासप्रस्वासमा केही असहज महसुस भएपछि ओम अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो ।

डिस्चार्जपछि थापाले उपचारमा संलग्‍न चिकित्सक,नर्ससहित सबै स्वास्थकर्मी, अस्पताल सञ्चालक र अस्पताल व्यवस्थापन समिति कर्मचारी सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

थापाको उपचारमा ओम अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोईराला, सिनियर कनस्ल्ट्यान्ट पन्मनोलोजिस्ट डा. सुबोध ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ, डाक्टर बिपिन कार्किलगायतको टोली संलग्‍न थियो।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ६ : ०८ बजे

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गैली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

यो चुनाव ‘देश बनाउने र जलाउने’ शक्तिहरूबीचको महासंग्राम : ओली

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी

आईसीसी टी–२० विश्वकप : भारतले पाकिस्तानलाई दियो १७६ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतकाे खेलमा भारतले पाकिस्तानलाई जितका