चेन्नईसँग बैंग्लोर ८ विकेटले पराजित « Khabarhub

चेन्नईसँग बैंग्लोर ८ विकेटले पराजित


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साविक उपविजेता चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

दुबईमा आज भएको खेलमा चेन्नईले बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ४६ रनको लक्ष्य चेन्नईले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईको जितमा रुतुराज गायकवाडले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान महेन्द्र सिंह धोनी १९ रनमा अविजित रहे । यस्तै अम्बाती रायडुले ३९ रन जोड्दा फाप डु प्लेसिसले २५ रन बनाए । बैंगलोरका क्रिस मोरिस र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एबी डी भिलियर्सले ३९ रन जोडे ।

ओपनर देबदुत पडीक्कलले २२ रन जोड्दा अर्का ओपनर आरोन फिन्चले १५ रन बनाए । चेन्नईका साम करणले ३ विकेट लिए । यस्तै दिपक चाहरले तथा मिचेल स्टानरले १ विकेट लिए ।

जितसँगै चेन्नईले बैंगलोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस अघिको भेटमा बैंगलोरले चेन्नईलाई ३७ रनले हराएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : २७ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा