मापदण्डविपरीतका ३ सय २६ व्यापारिक फार्मलाई कारबाही « Khabarhub

मापदण्डविपरीतका ३ सय २६ व्यापारिक फार्मलाई कारबाही


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय २६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ ।

विभागले चालू आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्म गरेको बजार अनुगमनमा ३ सय २६ व्यापारिक फार्मलाई कारबाही गरी १ करोड २० लाख ५ हजार जरिमाना गरेको हो ।

विभागका अनुसार गत साउनदेखि ८ मंसिरसम्म १ हजार २ सय १२ व्यावसायिक फार्ममा अनुगमन गरेको छ ।

बजार अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्डविपरीत व्यापार व्यवसाय गर्ने ३ सय २६ फार्मलाई कारबाही गरी १ करोड २० लाख ५ हजार जरिमाना गरेको विभागले जनाएको छ ।

विभागले उपभोक्ता संरक्षण ऐनअनुसार मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने व्यावसायिक फार्मलाई कसुरअनुसार ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना गरेको छ ।

बजार अनुगमनका क्रममा मापदण्डविपरीत व्यवसाय सञ्चालन गरेको पाइएमा बजार निरीक्षण अधिकृतले नै ठाउँको ठाउँ ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना गर्न पाउने व्यवस्था ऐनमा छ । सोही ऐनबमोजिम विभागले बजार अनुगमन गरेर उपभोक्ता ठगी गरेको वा प्रचलित कानुनविपरीत गर्नेलाई तत्काल कारबाही गर्दै आएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्ममा इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कपडा पसल, खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी तथा फलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाई पसललगायतमा अनुगमन गरेको छ ।

सो अवधिमा ६० लाख ८८ हजार १ सय ९ रुपैयाँ बराबरको उपभोग गर्न नमिल्ने म्याद खाद्य सामान नष्ट गरेको छ । यसैगरी २८ वटा व्यवसायको कारोबार रोक्का गरेको छ ।

विभागका प्रवक्ता शिवराज सेढाईंका अनुसार चालु आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्ममा उपत्यका मात्र ३ सय २६ व्यवसायीलाई कारबाही गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : २७ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र