स्वचालित पेस्तोलसहित शिक्षक पक्राउ « Khabarhub

स्वचालित पेस्तोलसहित शिक्षक पक्राउ


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा दुर्गाटोलस्थित सिंहको घरमा छापा मारी खानतलासी गर्दा दराजको सेफ बक्समा लुकाइछिपाई राखिएको अवस्था पेस्तोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिए ।

उनले खोजतलासका क्रममा प्रहरीले अलमारीबाट पेस्तोलमा प्रयोग हुने म्यागजिन एक थान, नपड्काइएको गोली चार थान र व्यक्तिलाई बेहोस पार्ने एनेस्थेतिक इथर एक बोतल बरामद भएको बताए । पक्राउ परेका शिक्षक सिंहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ४० बजे

निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्‍याउनेछ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वच्छ, स्वतन्त्र र निष्पक्ष

राजुनाथ भन्छन् : बालेन्द्रबाहेक अरू कोही प्रधानमन्त्री हुनै सक्दैनन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले वरिष्ठ

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउन आग्रह

काठमाडौं– गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई

समानुपातिकको गणना अन्तिम चरणमा, रास्वपाको मत प्रतिशत घट्यो, एक सिट कांग्रेसतर्फ थपियो

काठमाडौं- समानुपातिक मत प्रणालीतर्फ निर्वाचन आयोगले मंगलबार साँझसम्म सार्वजनिक गरेको

ट्रक बिग्रिएपछि पृथ्वी राजमार्ग ठप्प, गाडीको लामो जाम (तस्बिरहरू)

काठमाडौं– धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ