५० बिघामा लगाइएको अवैध गाँजाखेती नष्ट « Khabarhub

५० बिघामा लगाइएको अवैध गाँजाखेती नष्ट


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितनवनमा ५० बिघामा लगाएको अवैध गाँजाखेती नष्ट गरिएको छ ।

चितवन प्रहरीले राप्ती नगरपालिका–११ को डिटार, गाल्चन भन्ज्याङ, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्कीडाँडा, वडा नं १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं १३ को कालीटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोलालगायतका स्थानमा लगाएको अवैध गाँजा नष्ट गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई दिन लगाएर गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार ५० बिघामा लगाइएको करिब ३६ लाख गाँजाको बोट नष्ट गरिएको छ । ती वडाका बस्तीमा स्थानीयवासीसँग जनचेतनामूलक अन्तक्र्रियासमेत सम्पन्न गरिएको प्रवक्ता थापाले बताए ।

वडा कार्यालयको भवन निर्माणका लागि जग्गादान

चितवनको इच्छाकामना गाउँपालिका–२ को वडा कार्यालय भवन बनाउन स्थानीयवासीले जग्गादान गरेका छन् । स्थानीय तोपबहादुर बुढाथोकीले वडा कार्यालय भवन बनाउन एक कठ्ठा जग्गादान गरेका हुन् ।

उनले मङ्गलबार एक कार्यक्रममा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, वडाध्यक्ष पञ्चबहादुर चेपाङलगायत स्थानीयवासीको रोहवरमा निःशुल्क जग्गा उपलब्ध गराएको घोषणा गरेका हुन् ।

उक्त दान गरिएको जग्गा सम्बन्धमा गाउँपालिका र बुढाथोकीबीच मङ्गलबार नै एक सम्झौतासमेत भएको वडाध्यक्ष चेपाङले जानकारी दिए ।

वडा कार्यालय निर्माणका लागि जग्गा प्राप्त भएसँगै अब कार्यालय भवन निर्माणको प्रक्रिया छिट्टै शुरु गरिने उनले बताए। यस्तै जग्गा उपलब्ध गराउने दाता बुढाथोकीलाई गाउँपालिका अध्यक्ष गुरुङ, वडाध्यक्ष चेपाङलगायत स्थानीयवासीले सम्मानसमेत गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ९ : ३३ बजे

निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्‍याउनेछ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वच्छ, स्वतन्त्र र निष्पक्ष

राजुनाथ भन्छन् : बालेन्द्रबाहेक अरू कोही प्रधानमन्त्री हुनै सक्दैनन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले वरिष्ठ

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउन आग्रह

काठमाडौं– गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई

समानुपातिकको गणना अन्तिम चरणमा, रास्वपाको मत प्रतिशत घट्यो, एक सिट कांग्रेसतर्फ थपियो

काठमाडौं- समानुपातिक मत प्रणालीतर्फ निर्वाचन आयोगले मंगलबार साँझसम्म सार्वजनिक गरेको

ट्रक बिग्रिएपछि पृथ्वी राजमार्ग ठप्प, गाडीको लामो जाम (तस्बिरहरू)

काठमाडौं– धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ