बर्दिवासमा बिहान ९ बजेदेखि निषेधाज्ञा जारी « Khabarhub

बर्दिवासमा बिहान ९ बजेदेखि निषेधाज्ञा जारी


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्दिवासकी ६ वर्षीया बालिका गुलाप्सा खातुनको बलात्कारपछि हत्याको विरोधमा गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएपछि बर्दिवासमा निषेधाज्ञा जारी गरिएको छ ।

स्थानीयबासी फेरि आन्दोलित हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

स्थानीय प्रशासनले आज बिहान ९ बजेदेखि निषेधाज्ञा जारी गरेको हो । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्याको विरोधका क्रममा हिजो भएको प्रदर्शनमा प्रहरीको गोली लागि घाइते भएका बुद्धिराज न्यौपानेको उपचारका क्रममा निधन भएपछि हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

कटुवालका अनुसार पूर्वमा रातुखोला, पश्चिममा बर्दिबास माइस्थान, उत्तरमा बर्दिबास ३ पाटु र दक्षिणमा रामानन्द चोक चार किल्ला कायम गरेर निषेधाज्ञा जारी गरिएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को गएराति काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १० : १० बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको