मलेसियामा गैरकानुनी रुपमा बसेका ९ नेपालीसहित १४१ पक्राउ « Khabarhub

मलेसियामा गैरकानुनी रुपमा बसेका ९ नेपालीसहित १४१ पक्राउ



काजाङ– मलेसियाको अध्यागमन विभागले गैरकानुनी रुपमा बसेका ९ नेपालीसहित १४१ जनालाई पक्राउ गरेको छ ।

मलेसियाको काजाङस्थित एक अपार्टमेन्टमा त्यहाँको अध्यागमन विभागले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो । आवासीय अनुमति सकिएर गैरकानुनी रुपमा बसेकाहरुलाई नियन्त्रणमा लिईएको विभागले जनाएको छ ।

इन्डोनेसियाका ६५ म्यानमारका ५९ नेपाली ९ जना र अन्य देशको ८ जनालाई पक्राउ गरिएको अध्यागमन विभागका उप महानिदेशक मोहम्मद फौजी मोद ईसाले बताए । उनीहरुलाई अहिले डिटेन्सन सेन्टरमा राखिएको विभागले जनाएको छ। उनीहरुको परिचय भने खुलाईएको छैन ।

मलेसियामा गैरकानुनी आप्रवासीहरूलाई काममा लगाउने ३७६ रोजगारदाता कम्पनीलाई पनि कारबाही गरिएको फौजीलाई उदृत गर्दै त्यहाँबाट प्रकाशन हुने द स्टार पत्रिकाले जनाएको छ । गैरकानुनी आप्रवासी सम्बन्धी सूचना भएकाहरूलाई पनि सकेसम्म चाँडो विभागमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १० : ५८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया