युरोपेली संसदको राजनीतिक समूहद्वारा चीनमाथि प्रतिबन्ध लगाउन माग « Khabarhub

युरोपेली संसदको राजनीतिक समूहद्वारा चीनमाथि प्रतिबन्ध लगाउन माग


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स– युरोपियन संसदको युरोपेली कन्जर्भेटिभ एण्ड सुधारवादी पार्टीले ‘जन गणतन्त्र चीनविरूद्ध कूटनीतिक र व्यापारिक प्रतिबन्ध’ लगार्नुपर्ने माग गरेको छ ।

लोकतन्त्रलाई कमजोर पार्ने र मानवअधिकार उल्लंघनमा निकै चर्को र आक्रामकरुपमा प्रस्तुत भएको चीनलाई तत्काल रोक्‍न प्रतिबन्ध आवश्यक रहेको बताइएको छ । चीनले हङकङमा प्रजातन्त्र समर्थित सांसदहरुलाई निष्कासन गरेकोमासमेत युरोपियन संसदले आपत्ति जनाएको छ ।

११ नोभेम्बर २०२० मा जारी गरेको बेइजिङको घोषणाले लोकतान्त्रिक समर्थक राजनीतिज्ञलाई व्यवस्थापिका परिषदबाट निष्कासन गर्ने अनुमति दिएको छ । उक्त निर्णयले हङकङको प्रजातन्त्रलाई ध्वस्त पार्न भूमिका खेल्‍ने अर्को कदमको रुपमा लिएको जनाइएको छ ।

राजनीतिक समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसले चीनको कम्युनिष्ट पार्टीले १९९७ को चीन-ब्रिटिश संयुक्त घोषणापत्रमा १९८४ मा बेलायतलाई हङकङ चीनलाई हस्तान्तरण हुनुभन्दा अघि चीन-ब्रिटिश संयुक्त घोषणा पत्रमा तय गरिएको दुई देशीय मोडेलप्रति आफ्नो अन्तर्राष्ट्रिय कानुनी प्रतिबद्धता अनुसरण नगरेको कुरा अझ प्रस्ट भएको छ ।”

“२०१६ को विधानपरिषद्को चुनावमा प्रजातान्त्रिक पार्टीका राजनीतिक दलका उम्मेदवारहरूले ५५ प्रतिशतभन्दा बढी लोकप्रिय भोट जितेका थिए र उनीहरूलाई सदस्यको रूपमा सेवा गर्न चुनिएको थियो । यी राजनीतिज्ञहरूलाई उनीहरूको राजनीतिक विश्वासको बाबजुद पनि आफ्ना निर्वाचन क्षेत्रमा सेवा गर्ने अधिकार छ । यी राजनीतिज्ञहरूले ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’ हो भन्ने दाबी गलत छ र यस वर्षको सुरूमा पारित भएको ‘राष्ट्रिय सुरक्षा’ कानूनको अन्तर्निहित कमजोरीहरू प्रदर्शन गर्दछ ।”

विज्ञप्तिमा यस्तो निष्कर्ष निकालिएको छ, “ईसीआर पार्टीले हङकङ सरकारलाई यस गैर लोकतान्त्रिक र असंगत निर्णयलाई उल्ट्याउन आह्वान गर्छ । समान रूपमा ईसीआर पार्टीले युरोपियन युनियनलाई पीपुल्स रिपब्लिक चाइनाविरूद्ध यी कार्यहरू गर्नका लागि ताजा कूटनीतिक र व्यापारिक प्रतिबन्ध लगाउने सम्भाव्यता खोजी गर्न आग्रह गर्दछ ।”

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १२ : ४२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको