अनुदानमा च्याउको बीउ वितरण | Khabarhub Khabarhub

अनुदानमा च्याउको बीउ वितरण


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक मानिने च्याउको खेतीतर्फ सप्तरीका कृषकको आकर्षण बढेको छ ।

कृषकको आकर्षण बढेपछि च्याउखेतीलाई प्रोत्साहन गर्न कञ्चनरुप नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा च्याउको बीउ वितरण गर्न थालेको छ ।

नगरपालिकाको कृषि विकास शाखाले इच्छुक कृषकलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण शुरु गरेको कृषि विकास शाखाका वेचन सढोक यादवले जानकारी दिए ।

नगरपालिकाको १२ वटै वडाका स्थानीय कृषक, कृषि फर्म तथा समूहलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गरिरहेको कृषकले बताएका छन् ।

किसानको समस्यालाई हल गर्न खेतमै गई प्राविधिकले सल्लाह सुझावसमेत दिने गरेको कृषक राजकिशोर महतोले बताए ।

कञ्चनरुप नगरपालिका–१२ रुपनगरका कृषक पुष्प कार्कीले रु ५० हजार लगानीबाट एक मौसममा रु एक लाखसम्मको आम्दानी गरेको बताए ।

निर्वाहमुखी कृषि खेती गर्दै आइरहेका कृषकलाई व्यावसायिक कृषक बनाउन अनुदानमा च्याउको बीउ वितरण गरिएको कञ्चनरुप नगरपालिकाले जनाएको छ ।

च्याउखेती गर्नेले छोटो समयमै कम लगानीमा बढी आम्दानी गर्नसक्ने भएकाले कृषकको आकर्षण बढेपछि अनुदानमा बीउ वितरण गरिएको नगरप्रमुख वसन्तकुमार मिश्रले बताए ।

नगर प्रमुख मिश्रका अनुसार उन्नत प्रविधिको प्रयोग गरी च्याउखेती गर्न कृषकलाई निकट भविष्यमा आवश्यक तालीम सञ्चालन गरिने बताए ।

पराले च्याउखेती गर्न घरको कोठा नै चाहिन्छ भन्ने छैन । यसको खेती घरबाहिर खेतबारी, रूखको छहारी वा खरका छाप्रोअर्थात् टहरामा पनि गर्न सकिने प्राविधिकको भनाइ छ ।

गाउँमा आफ्नै घर वरपरका घाम नलाग्ने छहारीमा यसको खेती गर्न सकिन्छ । यसका लागि सिधा घाम र धेरै हावा लाग्ने ठाउँ भने उपयुक्त हुँदैन ।

च्याउखेती गर्न माटोको सतह अन्यत्रको भन्दा केही अग्लो हुनुपर्छ । जमीनमा पानी जम्न दिनुहुँदैन । च्याउको ब्याड बनाउने सतहमा इँटा वा ढुङ्गाको लाइन छापेर, काठ वा घाँसको फ्रेमजस्तो राख्नुपर्दछ । त्यसमाथि परालका मुठाको चाङ लगाउनुपर्दछ ।

च्याउको ब्याडको चारैतिर सानो कुलो बनाएर पानी जमाउनुपर्दछ । यसले गर्दा च्याउको ब्याडमा मुसा र अन्य कीरा जान रोकिन्छ । साथै, यसले च्याउको ब्याडलाई ओसिलो बनाइराख्नसमेत सहयोग पुग्छ । ठाउँको बचत गर्न तीन तला गरी ब्याड बनाउन सकिन्छ तर, यसका लागि प्रशस्त मात्रामा उज्यालोपन चाहिने यादवले बताए ।

च्याउमा प्रोटिन, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा पाइने च्याउलाई पौष्टिक खानाको रूपमा लिइन्छ ।

अन्य तरकारी खेतीको तुलनामा च्याउखेती कम लगानीमा बढी उत्पादन हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाको भनाइ छ ।

यसअघि पनि कञ्चनरुप नगरपालिकाले मौसमी तथा बेमौसमी तरकारी, फलफूल, धान, मकैलगायत अन्य प्रकारका बीउबिजन तथा धानको गवारो आदिको विषादी अनुदानमा वितरण गरेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १ : ५० बजे

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको