पाल्पामा धान उत्पादनमा वृद्धि « Khabarhub

पाल्पामा धान उत्पादनमा वृद्धि


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पामा अघिल्लो वर्षको तुलनामा सात मेट्रिकटन धानको उत्पादन वृद्धि भएको छ ।

जिल्लामा यसवर्ष ४० हजार ८९६ मेट्रिकटन धानको उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पाल्पाका सूचना अधिकारी मुकेश रामजालीले जानकारी दिए ।

जिल्लाको दोस्रोबालीका रुपमा रहेको धान यो वर्ष नौ हजार २२३ हेक्टर क्षेत्रफलमा लगाइएको छ । गत वर्ष कूल जग्गाको ८८ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपिएको थियो ।

यो वर्ष ९६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । गतवर्ष यहाँ ३३ हजार ८९६ मेट्रिकटन धान उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ ।

धान उत्पादन बढेपछि पाल्पाका किसान उत्साहित भएका छन् । समयमा नै पानी परेकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष धानको उत्पादन बढेको किसान भगवती पाण्डेय बताउँछन् ।

‘धान रोपेपछि हरियो हुन नपाउँदै खेत धाँजा फाटेर हैरान हुन्थ्यो, यस पटक रोप्न पनि सजिलो भयो र सिँचाइका लागि पानी प्रशस्त पुग्यो’, उनले भने ।

अघिल्ला वर्षमा धान रोपेर सिँचाइ गर्न नपाउँदा निकै समस्या भोगेका किसानलाई यो वर्ष उत्पादन बढेपछि खुशी भएका छन् । खेतमा सिँचाइ गर्ने समयमा पानी परेपछि सजिलोसँग धान स्याहार्न पाएको किसान सीता भुसालले बताए ।

हाइब्रिड, उन्नत् जातको धान, समयमा नै वर्षा पर्नु, आधुनिक प्रविधिको प्रयोग र यसवर्ष कोभिड–१९ कारण युवा जनशक्ति गाउँमै रहेकाले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउँछन् ।

जिल्लाको रामपुर, माडीफाँट, दोभान, अर्गली, हुँगीलगायत क्षेत्र धान उत्पादनको पकेटक्षेत्र छ । किसानले हाइब्रिड, सावित्री, गोरखनाथ, युएस ३१२ लगायत धान लगाएका छन् । यसवर्ष समयमा वर्षा परेकाले टारीखेतमा पनि धानको उत्पादन राम्रो भएको छ ।

आव २०७१/७२ मा ३० हजार २६५ मेट्रिकटन, २०७२/७३ मा ३३ हजार ८९६ मेट्रिकटन, २०७३/७४ मा ३५ हजार ८२ मेट्रिकटन, आव २०७४/७५ मा ३६ हजार ४८५ मेट्रिकटन उत्पादन भएको छ । पछिल्ला वर्षको अवधिको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै धान यसवर्ष वृद्धि भएको पाइएको छ ।

जिल्लामा उत्पादन भएको धानले यहाँ खान पुग्ने अवस्था कमै रहेकोले छिमेकी जिल्ला रुपन्देहीबाट धान आयात हुने गर्दछ । जिल्लामा थोरै समथरभूमि र धेरै डाँडाकाडा भूभाग रहेको हुँदा धानखेती कमै क्षेत्रमा लगाइने गरिन्छ ।

यस जिल्लामा उत्पादन भएको धानले खान नपुगेपनि अन्य बाली गहुँ, मकै, मौसमी तथा बेमौसमी तरकारी बालीमा किसान आत्मनिर्भर बनेका छन् । समथर भूमिमा घर–घडेरी धमाधम बन्ने क्रम भएकाले उत्पादन क्षेत्र कम हुन थालेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ३ : २० बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन