तीन म्यानपावर कम्पनीको कारोबार रोक्का « Khabarhub

तीन म्यानपावर कम्पनीको कारोबार रोक्का


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगार विभागले तीन म्यानपावर कम्पनीको कारोवार रोक्का गरेको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार पूर्वस्वीकृति नलिइ युवाहरुलाई कतार प्रहरीमा पठाउने भन्दै अन्तर्वार्ता लिएर ठगेपछि तीन म्यानपावर कम्पनीलाई कारबाही गरिएको हो ।

एसओएस म्यानपावर सर्भिस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेशनलको सम्पूर्ण कारोवार बुधवारदेखि रोक्का गरिएको दाहालले जानकारी दिए ।

डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर सर्भिसले कतार पठाउने भन्दै अनाधिकृतरूपमा अन्तरर्वार्ता लिइरहेका बेला विभागको टोली पुगेको थियो । लगत्तै उनीहरूविरूद्ध कारबाही प्रकिया अघि बढाइएको थियो ।

टोली त्यहाँ पुगेको थियो। यस्तै गुह्यश्वरीस्थित डीडी ह्युमन रिसोर्सले करिब ४ सय युवाहरुको अन्तरवार्ता लिइरहेको बेला विभागले छापा मारेको थियो।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : ४० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा