नेप्से ६४.७ अंकले बृद्धि, ५ अर्ब १३ करोडको सेयर किनबेच « Khabarhub

नेप्से ६४.७ अंकले बृद्धि, ५ अर्ब १३ करोडको सेयर किनबेच


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेप्से आज पनि उच्च अंकले बढेको छ । आज बुधबार नेप्से ६४.७  अंकले बढेर १८ सय ७४.८१ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि १२.९६ अंकले बढेर ३६२.३३ बिन्दुमा चढेको छ ।

एक सय ९६ वटा कम्पनीहरुको ४२ हजार एक सय ५१ पटकको कारोवारमा एक करोड ४७ लाख ८९ हजार तीन सय तीन कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच अर्ब १३ करोड १८ लाख ८६ हजार चार सय ८८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन । सो मध्ये होटल समुहको सुचक घटेको छ भने बाँणिज्य बैक समुहको सुचक बढेकाछन । बाँणिज्य बैंक समुहको सुचक ४० दसमलव चार अंकले बढेर १३ सय ९९ दसमलव ८१ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि आज २४ दसमलव ७८ अंकले बढेर १४ सय ७० दमसलव ९९ बिन्दुमा चढेको छ । बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको शिवम सिमेन्टको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक हजार ७८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको लक्ष्मी ईक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य तीन दसमलव ६८ प्रतिसतले घटेर नौ रुपैयाँ ९५ पैसामा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा परेको नेको इन्स्योरेन्सको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यमा ४२ करोड २९ लाख ९८ हजार पाँच सय २५ रुपैयाँ २५ पैसाको कारोवार भएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : १२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया