सामुदायिक वनमा आगलागी « Khabarhub

सामुदायिक वनमा आगलागी


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिका– ४ स्थित सिद्धिविनायक सामुदायिक वनमा लागेको डढेलोले डेढ हेक्टर वनक्षेत्रमा क्षति भएको छ ।

सो वनको डेढ हेक्टर क्षेत्रमा मङ्गलबार आगलागी हुँदा करीब एक हजार ५०० देखि दुई हजारसम्मका साना बिरुवा तथा ठूला रुखलाई असर परेको छ ।

साना बिरुवा जलेर नष्ट भए पनि ठूला रुखलाई सामान्य असर पारेको स्थानीयवासीले बताएका छन् ।

स्याउला र सोतर लिन वनमा गएका महिलाको लापरवाहीले आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधव काफ्लेले बताए ।

नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी तथा वन कार्यालयका कर्मचारीको सहभागितामा मङ्गलबार आगलागी नियन्त्रण भएको सिद्धिविनायक सामुदायिक वनका सचिव देवीप्रसाद सिंखाडाले बताए ।

वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रुखबिरुवा जलेर नष्ट भएको छ । उनले भने,’समयमै पुगेका नेपाली सैनिक, प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगका कारण ठूलो क्षति हुनबाट जोगिएको छ ।’

जिल्ला वन कार्यालय जुम्लाका सहायक वन अधिकृत भावना शाहीले आगलागी हुँदा देवदियार तथा सल्लाका सयौँ साना बिरुवा जलेर नष्ट भएको र अब चाँडै त्यहाँ वृक्षरोपण गरिने बताए ।

वनमा जाँदा सावधानी नपआनाएकै कारण वन क्षेत्र आगलागीको चपेटामा परिरहेकाले सबैलाई सचेत रहन वन कार्यालय जुम्लाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ५ : ३० बजे

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट

सुडानमा सुनखानी भत्किँदा ६० जनाको मृत्यु

खार्तुम- पश्चिमी सुडानको पश्चिम कोर्डोफानस्थित एल–नाहुद सहर नजिकै रहेको अल–जारा सुनखानी

मणिपुरमा पछिल्लो झडपमा दुई महिलाको मृत्यु

नयाँदिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पछिल्लो तीन सातादेखि जारी जातीय

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा