निषेधाज्ञा तोडेर बर्दिवासमा प्रदर्शन, ढुंगा प्रहारबाट दुई प्रहरी घाइते    « Khabarhub

निषेधाज्ञा तोडेर बर्दिवासमा प्रदर्शन, ढुंगा प्रहारबाट दुई प्रहरी घाइते   


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- ६ वर्षीया एक बालिकाको बलात्कारपछि भएको भनिएको हत्याको विरोधमा तनाव चुलिएपछि जारी गरिएको निषेधाज्ञा अवज्ञा गर्दै बर्दिवासमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।

प्रदर्शनकारीको ढुंगा लागेर दुई प्रहरी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईँका अनुसार प्रहरी जवान अर्जुन प्रसाद बानियाँ र अर्का एक जवान घाइते भएका छन् । प्रदर्शनकारीले हानेको सिसाको बोतलले लागेर बाँनियाको चिउडोमा काटेको छ ।

निषेधाज्ञा अवज्ञा गर्दै प्रदर्शन र नाराबाजी भएपछि त्यसलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि प्रदर्शनकारीले प्रहरीलाई ढुंगा र खाली बियरका बोतलले प्रहार गरेको डीएसपी चापागाईँले बताए । प्रदर्शनकारीहरु अहिले पनि नाराबाजी गर्दै  सडकमा उत्रिएका छन् ।

आइतबार बेलुका हराएकी बर्दिवास नगरपालिका वडा नम्बर १४ शुभम बस्तीकी ६ वर्षीया बालिका गुलाबसाह खातुनको सोमबार मध्यरातमा बोरामा शव फेला परेपछि स्थानीवासी प्रदर्शनमा उत्रिएका हुन् ।

मंगलबारदेखि जारी उनीहरूको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि घाइते भएका बर्दिवास नगरपालिका- १ का सञ्जय न्यौपानेको पनि मृत्यु भएपछि स्थानीयबासी अझ आक्रोशित बनेका छन् ।

न्यौपानेलाई शहीद घोषणा गर्नुपर्ने, क्षतिपुर्ती दिनुपर्ने, दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने लगायतका माग गर्दै स्थानीय बासिन्दाले प्रदर्शन चर्काएपछि स्थानीय प्रशासनले बिहानदेखि निषेधाज्ञा जारी गरेको छ ।

बिहान ९ बजेदेखि बिहिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । तर, स्थानीयबासीले आन्दोलन रोकेका छैनन् ।

प्रदर्शनकारीले पूर्वपश्चिम र बीपी राजमार्ग नै अवरूद्ध पारेका छन् । निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनकारीहरूले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

राजमार्ग अवरुद्ध हुँदा बर्दिबासको पूर्व तथा पश्चिममै यातायातका साधनहरु रोकिएका छन् । सवारीसाधन नचलेपछि केही यात्रीहरु पैदल हिँड्न थालेका छन् ।

स्थिती नियन्त्रणबाहिर जान नदिन बर्दिबासको पूर्वमा रातु खोला, पश्चिममा माइस्थान, दक्षिणमा क्वार्टर चोक र उत्तरमा पाटोचोसम्म निषेधाज्ञा जारी गर्दै ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : ०० बजे

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको

धनुषा-सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

जनकपुरधाम– धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै

एनसेलको आम्दानीको ६० प्रतिशत हिस्सा राज्य कोषमा

काठमाडौं– निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलले व्यवसायमा आएको

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको