क्रिकेट टाेलीका कप्तान मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

क्रिकेट टाेलीका कप्तान मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीनजना खेलाडीमा काेराेना संक्रमण देखिएकाे छ।

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र राेहितकुमार पाैडेलकाे पीसीआर परीक्षण रिपाेर्ट पाेजिटिभ आएकाे जानकारी दिएकाे छ।

भाेलिबाट सुरु हुने बन्द प्रशिक्षणअघि सबै खेलाडीकाे स्वाब लिई पीसीआर परीक्षण गरिएकाे थियाे। जसमध्ये तीन जनालाई संक्रमण पुष्टि भएकाे हाे। क्यानका कर्मचारी प्रदीप लामालाई पनि काेराेना पाेजिटिभ देखिएकाे छ।

कोभिड-१९ महामारीका कारण राष्ट्रिय टाेलीले चैतपछि पहिलोपटक सामूहिक प्रशिक्षण गर्न लागेको हो।

क्यानले यसअघि मंसिर १० (आज) बाट काठमाडौंमा बन्द प्रशिक्षण शिविर सञ्चालन गर्ने जनाएको थियो। तर खेलाडी तथा प्रशिक्षकहरूको हिजो (९ गते) मात्र कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : १४ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को