क्रिकेट टाेलीका कप्तान मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण « Khabarhub

क्रिकेट टाेलीका कप्तान मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीनजना खेलाडीमा काेराेना संक्रमण देखिएकाे छ।

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र राेहितकुमार पाैडेलकाे पीसीआर परीक्षण रिपाेर्ट पाेजिटिभ आएकाे जानकारी दिएकाे छ।

भाेलिबाट सुरु हुने बन्द प्रशिक्षणअघि सबै खेलाडीकाे स्वाब लिई पीसीआर परीक्षण गरिएकाे थियाे। जसमध्ये तीन जनालाई संक्रमण पुष्टि भएकाे हाे। क्यानका कर्मचारी प्रदीप लामालाई पनि काेराेना पाेजिटिभ देखिएकाे छ।

कोभिड-१९ महामारीका कारण राष्ट्रिय टाेलीले चैतपछि पहिलोपटक सामूहिक प्रशिक्षण गर्न लागेको हो।

क्यानले यसअघि मंसिर १० (आज) बाट काठमाडौंमा बन्द प्रशिक्षण शिविर सञ्चालन गर्ने जनाएको थियो। तर खेलाडी तथा प्रशिक्षकहरूको हिजो (९ गते) मात्र कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : १४ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा