यस्तो छ बच्चाहरु रुनुको कारण « Khabarhub

यस्तो छ बच्चाहरु रुनुको कारण


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यतया कुनैपनि बच्चा जन्मने वित्तिकै रुने गर्छ । यसरी रुनु भनेको उसले केही व्यक्त गर्नु हो ।

बच्चा रुँदा उसले केही भन्न खोजिरहेको भनेर बुझ्नु आवश्यक हुन्छ । उसले रोएर आफ्नो आमासँग सम्पर्क गर्ने एक माध्यम बनाएको हो । बच्चाले केहि बोल्न नसक्ने हुँदा उनको मनको कुरा बुझ्न गाह्रो हुन्छ ।

किन रुन्छ त बच्चा ?

भोक लाग्दाः भोक लाग्दा भर्खरै जन्मेको बच्चा धेरै रुन्छ । बच्चाको पेट सानो हुन्छ । त्यसकारण एकैपटक धेरै दुध खान सक्दैन् । दिनमा पटक पटक दुध खुवाईरहनुपर्छ । कम्तीमा ८–१० पटकसम्म दुध खुवाउनुपर्छ । बच्चालाई दुध नपुगेर पनि रुन सक्छ ।

दिशापिसाव गरेरः दिशा पिसाव गरेर कपडा भिज्दा बच्चाले असहज महसुस गर्छ । त्यसकारण बच्चा रुन्छ । धेरैबेर सम्म बच्चालाई भिजेको कपडामा राख्दा खटिरा आउन सक्छ । बच्चालाई समय समयमा दिशापिसाव गरे नगरेको हेरिराख्नुपर्छ । भिजेको कपडा तुरुन्त फेर्नुपर्छ नत्र बच्चालाई चिसो लाग्ने खतरा पनि बढ्छ ।

काखमा आउनको लागिः नवजात शिशुलाई आमाको स्पर्श राम्रो लाग्छ । बच्चालाई आमाको काखमा बसिराख्न मन लाग्छ । कहिलेकाहि बच्चा आमाको काखमा आउनको लागि पनि रुन्छ ।

गर्मी वा जाडो भएमाः बच्चाको छाला धेरै संवेदनशिल हुन्छ । कोठाको तापक्रम चिसो भएमा छिट्टै चिसो भएको महसुस गर्छ र गर्मी भएमा छिट्टै गर्मी महशुस गर्छ । बच्चालाई धेरै चिसो वा धेरै तातो भएमा असर गरिहाल्छ । त्यसकारण कोठाको तापक्रम सामान्य राख्ने कोसिस गर्नुहोस् वा कोठाको तापक्रम अनुसार बच्चालाई कपडा लगाइदनुहोस् ।

पेटमा ग्याँस जमेरः ३ हप्ता देखि ३ महिनासम्मको बच्चालाई ग्याँसको समस्या धेरै हुन्छ र यो समयमा पनि बच्चा धेरै रुन्छ । कहिलेकाही बच्चालाई एलर्जी वा शरिरमा चिलाएर र किराहरुले टोकेर पनि रुन्छ ।

निन्द्रा पूरा नभएरः बच्चाको निन्द्रा पुरा नहुँदा पनि बच्चा रुन्छ । त्यसैले बच्चालाई शान्त वातावरणमा सुताउने कोसिस गर्नुपर्छ ।

थकान हुँदाः कहिलेकाही बच्चा थाकेको हुन्छन् । जसकारण उनीहरुलाई निन्द्रा लाग्दैन र रुन्छन् ।

बिरामी हुँदाः यदि बच्चा अचानक धेरै रुन्छ र अचानक रुन छाड्छ भने यसको मतलव बच्चा स्वस्थ छैन भन्ने बुझ्नुपर्छ । बच्चा स्वस्थ नभएको शंका लागेमा तुरुन्त चिकित्सककोमा लानुपर्छ ।

ध्यान आकर्षित गर्नको लागिः कहिलेकाही बच्चा आमाको ध्यान आफुतिर तान्नको लागि पनि रुन्छ । त्यसकारण जब बच्चा रुन्छ उसलाई काखमा बोकेर एकछिन खेलाउने । बच्चाको महसुस गराउनुहोस कि तपाई उसको साथमा हुनुहुन्छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ६ : २४ बजे

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट

गण्डकी– गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह

राष्ट्रियसभा सांसद भन्छन्- राजनीतिक दललाई दोषि देखाएर भ्रम छरियो

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

चुनाव लक्षित गर्दै भारतले दियो सरकारलाई ६५० वटा गाडी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय