हामी आधिकारिक हौँ, नाम र चुनाव चिन्ह हाम्रै हो : प्रचण्ड « Khabarhub

हामी आधिकारिक हौँ, नाम र चुनाव चिन्ह हाम्रै हो : प्रचण्ड


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पाटीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु आधिकारिक नेकपा भएको भन्दै नाम र चुनाव चिन्ह प्रदान गर्न माग गरेका छन्।

शुक्रबार नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकमा हस्ताक्षर गरेका २९६ जना सदस्यसहितको जुलुससहित निर्वाचन आयोग पुगेका अध्यक्ष प्रचण्डले आफूहरु वैधानिक भएको भन्दै निर्वाचन आयोगले आधिकारिता, चुनाव चिन्ह र नामावाली आफूहरुलाई प्रदान गर्ने विश्वास लिएको बताए।

नेकपाको सो समूहले आफूहरु आधिकारिक भएको दावी गर्दै यसअघि नै केन्द्रीय सदस्यको हस्ताक्षर, केन्द्रीय समिति बैकको माइन्युट र निर्णय समेत निर्वाचन आयोगमा बुझाइसकेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले तत्काली केन्द्रीय समिति सदस्यको दुईतिहाइ भन्दा बढी आफ्नो पक्षमा रहेको दावी गरे।

उनले हस्ताक्षर गर्ने २९६ भए पनि केन्द्रीय समिति बैठकमा र आज ३१५ जना सहभागी भएको बताए।

अध्यक्ष प्रचण्डले २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको र त्यसको केन्द्रीय सदस्यको नामावली पनि निर्वाचन आयोगमा रहेको बताए।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  २ : ३६ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६