हामी आधिकारिक हौँ, नाम र चुनाव चिन्ह हाम्रै हो : प्रचण्ड « Khabarhub

हामी आधिकारिक हौँ, नाम र चुनाव चिन्ह हाम्रै हो : प्रचण्ड


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पाटीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु आधिकारिक नेकपा भएको भन्दै नाम र चुनाव चिन्ह प्रदान गर्न माग गरेका छन्।

शुक्रबार नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकमा हस्ताक्षर गरेका २९६ जना सदस्यसहितको जुलुससहित निर्वाचन आयोग पुगेका अध्यक्ष प्रचण्डले आफूहरु वैधानिक भएको भन्दै निर्वाचन आयोगले आधिकारिता, चुनाव चिन्ह र नामावाली आफूहरुलाई प्रदान गर्ने विश्वास लिएको बताए।

नेकपाको सो समूहले आफूहरु आधिकारिक भएको दावी गर्दै यसअघि नै केन्द्रीय सदस्यको हस्ताक्षर, केन्द्रीय समिति बैकको माइन्युट र निर्णय समेत निर्वाचन आयोगमा बुझाइसकेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले तत्काली केन्द्रीय समिति सदस्यको दुईतिहाइ भन्दा बढी आफ्नो पक्षमा रहेको दावी गरे।

उनले हस्ताक्षर गर्ने २९६ भए पनि केन्द्रीय समिति बैठकमा र आज ३१५ जना सहभागी भएको बताए।

अध्यक्ष प्रचण्डले २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको र त्यसको केन्द्रीय सदस्यको नामावली पनि निर्वाचन आयोगमा रहेको बताए।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  २ : ३६ बजे

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार