प्रचण्डले भने– विकल्प हुँदाहुँदै प्रधानमन्त्रीले गलत कदम चाल्नुभो « Khabarhub

प्रचण्डले भने– विकल्प हुँदाहुँदै प्रधानमन्त्रीले गलत कदम चाल्नुभो

मलाई हुन्छ भन्नुभयो, अनि हिँडेपछि विघटन गर्ने निर्णय गुर्नभयो


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँग सहमति गरेर प्रधानमन्त्री केपी शमा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।

आफूले बिहान प्रतिनिधिसभा विघटनको कदम प्रधानमन्त्रीले चाल्ने सुइको पाएर भेट्न गएको भन्दै प्रचण्डले अन्य विकल्प अपनाउँ भन्दा हुन्छ भन्दै प्रधानमन्त्रीले अर्कै कदम चालेको बताए ।

बबरमहलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीले चाल्ने कमदको विषयमा थोरैमात्र सुनेपछि म बालुवाटार गएँ । त्यहाँ यस्तो कदम नचालौँ अरु विकल्प छ भन्दा उहाँले हुन्छ भन्नुभयो । उहाँसँगको कुराकानीमा सकारात्मक भएर हिँडेको लगत्तै मन्त्रिपरिषद बोलाएर विघटनको प्रस्ताव तयार पार्नुभएछ ।’

लगत्तै मन्त्रिपरिषद बसेको कुरा सुनेपछि आफूले सुवास नेम्वाङसँग कुरा गर्दा प्रधानमन्त्री संवैधानिक परिषदसम्बन्धी जारी भएको अध्यादेश फिर्ताका लागि शीतल निवास गएको भनेपनि विषय अर्कै रहेको पछिमात्र पत्ता पाएको बताए ।

उनले प्रधानमन्त्रीले एकल रुपमा संसद विघटन गर्न चालेको कदम नेपाली इतिहासको कालो दिनका रुपमा रहेको पनि बताए ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ३ : ०९ बजे

लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

काडमाडौँ– हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा

आजदेखि ‘सुदूरपश्चिम कचहरी’ सुरु हुँदै

कैलाली– कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु हुँदै छ

गर्मीका कारण बिहानी सत्रमा कक्षा सञ्चालन

कञ्चनपुर– अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बङ्गलादेश

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि