‘कोरोना भाइरस’बारे डा. रवीन्द्र समीर भन्छन्- साबधानी अपनाऔं, डर नमानौं   « Khabarhub

‘कोरोना भाइरस’बारे डा. रवीन्द्र समीर भन्छन्- साबधानी अपनाऔं, डर नमानौं  


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनबाट शुरु भएको ‘कोरोना भाइरस’को संक्रमण अहिले विश्वव्यापीरुपमा फैलिएको छ । यसको संक्रमणबाट चीनमा ५६ जनाको मृत्यु भइसकेको छ भने १२ सय भन्दा बढी संक्रमित रहेको बताइएको छ ।

नेपालमा पनि एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टिसँगै यसको सावधानीका उपाय अपनाइएको छ ।
कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टिसँगै नेपालीहरुमा एक किसिमको त्रास उब्जिएको छ ।

कोरना भाइरसलाई मध्यनजर गर्दै सरकारले समेत काठमाडौं उपत्यकाका अस्पताललाई सतर्क रहन निर्देशन दिएको र संक्रमणको आशंका लागेका व्यक्तिको छुट्टै उपचारको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

कोराना भाइरसबारे विभिन्न विचार तथा अभिव्यक्तिहरु पनि सार्वजनिक भएका छन् । जनस्वास्थ्य बिज्ञ डा. रवीन्द्र समीरले कोरोना भाइरसबारे डर मान्नुपर्ने अवस्था नरहेको बताउँदै उनले सामाजिक सञ्जालमा अपनाउनुपर्ने साबधानीबारे केही जानकारी उल्लेख लेखेका छन् ।

– यो एक प्रकारको रुघा हो, कोरोना संक्रमण र रुघाखोकीका लक्षण उस्तै हुन्छन् ।

– सर्ने माध्यम पनि रुघा सरेजस्तै हो । खोक्दा, छिउं गर्दा, सास फेर्दा, बिरामीका सामान प्रयोग गर्दा, बिरामीले छोएको ठाउँमा छुँदा, मासु राम्रोसंग नपकाएर खाँदा आदि तरिकाबाट सर्न सक्छ ।

– यो रोगको सजिलै पत्ता लाग्ने ल्याब टेस्ट छैन, ठूलो प्रयोगशालामा श्वासप्रश्वास नलीको स्वाब पठाउनुपर्छ ।

– यसको कुनै उपचार छैन । ज्वरो, रुघा, खोकी, टाउको दुख्ने आदिको लाक्षणिक उपचार मात्र गर्ने हो । झोलिलो खाना खाएर अलग्गै कोठामा आराम गर्ने हो ।

– यो रोगको खोप छैन ।

– रोग बढेमा निमोनिया, श्वासप्रश्वास फेलर भएर बिरामीको मृत्यु हुन सक्छ ।

– यो रोग लाग्दैमा मृत्यु हुँदैन । यसको मृत्यु दर २-३ % मात्र छ । बालबालिका, बृद्धबृद्धा, क्यान्सर, एचआईभी, मुटुरोग / मधुमेह लगायतका रोग लागेका व्यक्ति जोखिम समुहमा पर्दछन ।

–चिकित्सक तथा स्वास्थ्यकर्मी पनि जोखिम समूहमा पर्दछन् ।

– सकभर भिडभाडमा नजाने । जस्तै : अस्पताल / सपिंग मल / सिनेमा घर, सार्वजनिक यातायात आदि ठाउँमा नजाने ।

–हामीले आम रुपमा लगाउने मास्क यो रोगमा काम लाग्दैन । N 95 मास्क राम्रोसंग लगाउँदा रोकथाममा उपयोगी हुन्छ ।

– मुख्य कुरा त स्वास्थ्य प्रबर्धन हो । रोगसँग लड्ने क्षमता बढाउने हो भने डर मानुपर्दैन । सागसब्जी, फलफूल, दुध, दाल, गेडागुडी लगायतका स्वस्थकर खाना, नियमित शारीरिक अभ्यास तथा अन्य स्वस्थ जीवनशैली अपनाएमा रोगप्रतिरोधात्मक क्षमता बढ्छ ।

– रोग लागेर मरिन्छ कि भन्ने चिन्ता नगरौं । कोरोनाको बारे धेरै सोंचेर चिन्तित नबनौं । नयाँ रोगहरु आउने, जाने क्रम चलिरहेको छ । साबधानी अपनाउने हो, पेनिक बन्ने हैन ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १० : ०६ बजे

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर – आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा

एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ– खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन