‘कोरोना भाइरस’बारे डा. रवीन्द्र समीर भन्छन्- साबधानी अपनाऔं, डर नमानौं   | Khabarhub Khabarhub

‘कोरोना भाइरस’बारे डा. रवीन्द्र समीर भन्छन्- साबधानी अपनाऔं, डर नमानौं  


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनबाट शुरु भएको ‘कोरोना भाइरस’को संक्रमण अहिले विश्वव्यापीरुपमा फैलिएको छ । यसको संक्रमणबाट चीनमा ५६ जनाको मृत्यु भइसकेको छ भने १२ सय भन्दा बढी संक्रमित रहेको बताइएको छ ।

नेपालमा पनि एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टिसँगै यसको सावधानीका उपाय अपनाइएको छ ।
कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टिसँगै नेपालीहरुमा एक किसिमको त्रास उब्जिएको छ ।

कोरना भाइरसलाई मध्यनजर गर्दै सरकारले समेत काठमाडौं उपत्यकाका अस्पताललाई सतर्क रहन निर्देशन दिएको र संक्रमणको आशंका लागेका व्यक्तिको छुट्टै उपचारको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

कोराना भाइरसबारे विभिन्न विचार तथा अभिव्यक्तिहरु पनि सार्वजनिक भएका छन् । जनस्वास्थ्य बिज्ञ डा. रवीन्द्र समीरले कोरोना भाइरसबारे डर मान्नुपर्ने अवस्था नरहेको बताउँदै उनले सामाजिक सञ्जालमा अपनाउनुपर्ने साबधानीबारे केही जानकारी उल्लेख लेखेका छन् ।

– यो एक प्रकारको रुघा हो, कोरोना संक्रमण र रुघाखोकीका लक्षण उस्तै हुन्छन् ।

– सर्ने माध्यम पनि रुघा सरेजस्तै हो । खोक्दा, छिउं गर्दा, सास फेर्दा, बिरामीका सामान प्रयोग गर्दा, बिरामीले छोएको ठाउँमा छुँदा, मासु राम्रोसंग नपकाएर खाँदा आदि तरिकाबाट सर्न सक्छ ।

– यो रोगको सजिलै पत्ता लाग्ने ल्याब टेस्ट छैन, ठूलो प्रयोगशालामा श्वासप्रश्वास नलीको स्वाब पठाउनुपर्छ ।

– यसको कुनै उपचार छैन । ज्वरो, रुघा, खोकी, टाउको दुख्ने आदिको लाक्षणिक उपचार मात्र गर्ने हो । झोलिलो खाना खाएर अलग्गै कोठामा आराम गर्ने हो ।

– यो रोगको खोप छैन ।

– रोग बढेमा निमोनिया, श्वासप्रश्वास फेलर भएर बिरामीको मृत्यु हुन सक्छ ।

– यो रोग लाग्दैमा मृत्यु हुँदैन । यसको मृत्यु दर २-३ % मात्र छ । बालबालिका, बृद्धबृद्धा, क्यान्सर, एचआईभी, मुटुरोग / मधुमेह लगायतका रोग लागेका व्यक्ति जोखिम समुहमा पर्दछन ।

–चिकित्सक तथा स्वास्थ्यकर्मी पनि जोखिम समूहमा पर्दछन् ।

– सकभर भिडभाडमा नजाने । जस्तै : अस्पताल / सपिंग मल / सिनेमा घर, सार्वजनिक यातायात आदि ठाउँमा नजाने ।

–हामीले आम रुपमा लगाउने मास्क यो रोगमा काम लाग्दैन । N 95 मास्क राम्रोसंग लगाउँदा रोकथाममा उपयोगी हुन्छ ।

– मुख्य कुरा त स्वास्थ्य प्रबर्धन हो । रोगसँग लड्ने क्षमता बढाउने हो भने डर मानुपर्दैन । सागसब्जी, फलफूल, दुध, दाल, गेडागुडी लगायतका स्वस्थकर खाना, नियमित शारीरिक अभ्यास तथा अन्य स्वस्थ जीवनशैली अपनाएमा रोगप्रतिरोधात्मक क्षमता बढ्छ ।

– रोग लागेर मरिन्छ कि भन्ने चिन्ता नगरौं । कोरोनाको बारे धेरै सोंचेर चिन्तित नबनौं । नयाँ रोगहरु आउने, जाने क्रम चलिरहेको छ । साबधानी अपनाउने हो, पेनिक बन्ने हैन ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १० : ०६ बजे

पहाडको फेदीबाट हेर्दा अनौठो ‘स्काई केभ’

म्याग्दी–  सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल ।

सुदूरपश्चिम सरकारले आगलागी पीडितलाई आठ लाख सहयोग गर्ने

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार

नर्सलाई सेवा सरह सुविधा तोक्न गठित कार्यदललाई दिइयो थप एक महिनाको समय 

काठमाडौं– नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई

विप्लव समूहको प्रदर्शन : सर्वपक्षीय अन्तरिम सरकारको माग (तस्बिरहरू)

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले काठमाडौंमा बिहीबार प्रदर्शन

अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने

काठमाडौं– अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने भएको