रुघाखोकी र ज्वरोको औषधि नपाउँदा हुम्लामा ५ जनाको मृत्यु « Khabarhub

रुघाखोकी र ज्वरोको औषधि नपाउँदा हुम्लामा ५ जनाको मृत्यु


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुम्लामा रुघाखोकी र ज्वरोको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

हुम्लाको चंखेली गाउँपालिकामा रुघाखोकीको संक्रमणबाट ५ जनाको मृत्यू भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए । हिमपातका कारण हुम्लामा अत्याधिक चिसोसमेत रहेको छ ।

चंखेली गाउँपालिकामा रुघाकोखीको संक्रमण भएका व्यक्तिलाई खुवाउने सिटामोल समेत नभएपछि ५ जनाको मृत्यु भएको हमालले बताए ।

‘माघ यता हुम्लामा ५ जनाको मृत्यु भएको छ,  रुघाकोखीको कारणले मृत्यु भएको  भन्ने सुनेका छौं,’ सहायक प्रमूख जिल्ला अधिकारी हमालले खबरहबसँग भने, ‘त्यहाँ पुग्न नै हिँडेर तीन दिन लाग्छ, औषधि नपाएर नै मृत्यु भएको भनेर हामीले केही दिन अघि मात्र जानकारी पाएका हौं ।’

रुघाकोखी तथा ज्वरोको औषधि समेत नपाएर मानिसको मृत्यु भएपपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले केन्द्र सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेशलाई पनि औषधि पठाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी हमालले बताए ।

चंखेली गाउँपालिकामा रुघाखोकी र भाइरस ज्वरोको संक्रमण बढेपछि जिल्ला सदरमुकामबाट स्वास्थ्यमर्कीको टोली पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी हमालले बताए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ११ : १७ बजे

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोल‍े स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु– सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम

रहिनन् भारतीय गायिका आशा भोसले

काठमाडौं – वरिष्ठ भारतीय गायिका आशा भोसलेको निधन भएको छ

‘राम नाम सत्य’को कमजोर ओपनिङ, आयुषले गर्न पाउलान् त सिक्वेल ?

काठमाडौं – मल्टिस्टारर एक्सन फिल्म ‘राम नाम सत्य’को ओपनिङ कमजोर