कोरोना भाइरस संक्रमितको उपचारका लागि सम्पूर्ण तयारी गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

कोरोना भाइरस संक्रमितको उपचारका लागि सम्पूर्ण तयारी गर्न प्रधानमन्त्रीको निर्देशन


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सबै तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई बालुवाटारस्थित आफ्नो सरकारी निवासमा बोलाएर नेपालमा देखिएको कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सम्पूर्ण तयारी गर्न भनेका हुन् ।

प्रधानमन्त्री ओलीले मन्त्री ढकाल र सचिव बरालसँग नेपालमा कोरोना भाइरसको संक्रमण र संक्रमितहरुकाे उपचारको अवस्थाका सम्बन्धमा जानकारी समेत लिएका छन् ।

गत डिसेम्बर महिनादेखि छिमेकी राष्ट्र चीनमा देखिएको कारोना भाइरसको संक्रमणबाट चीनमा मात्रै अहिलेसम्म ५७ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् ।

नेपालमा चीनबाट फर्किएका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ । यस्तै, चिनबाटै नेपाल फर्किएकी एक महिला र एक पुरुषमा पनि कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ । उनीहरुको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ । यस्तै कोरोना भाइरस हो वा होइन भनेर पत्ता लगाउन दुवै जनाको नमूना (स्याम्पल) लिएर परीक्षणका लागि हङकङ पठाइएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभावित देशबाट आउने विदेशी पर्यटक तथा नेपालीको विशेष चेकजाँचको व्यवास्था गरेको छ । .

यस्तै, कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल अस्पताल, पाटन अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा विशेष वार्डको व्यवस्था गरिसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

स्वास्थ्य मन्त्रालयले नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै चीनसँगका सबै सीमानाकामा समेत स्वास्थ्य सुरक्षा व्यवस्थामा कडाइ गरेको मन्त्रालयका प्रवक्ता श्रेष्ठको भनाइ छ ।

यस्तै, काठमाडौंका सबै सरकारी तथा निजी अस्पतालहरुलाई पनि बिरामी देखिएमा उनीहरुको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ४ : २० बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित