सांसद मनाङ्गे ६ हजार धरौटीमा रिहा « Khabarhub

सांसद मनाङ्गे ६ हजार धरौटीमा रिहा


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङ्गे भनिने राजिव गुरुड धरौटीमा रिहा भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुलमाथि कुटपिट गरेको आरोपमा गत बुधबार पक्राउ परेका मनाङ्गे जिल्ला प्रशासन कार्यालय कास्कीमा ६ हजार धरौटी बुझाएर आइतबार रिहा भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले ६ हजार धरौटीमा प्रदेशसभा सदस्य ममनाङ्गलाई रिहा गरिएको जानकारी दिए ।

गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मनाङ्गबाट सहभागी भएको टिमलाई बसोबार र खेलकुद मैदानको उचित व्यवस्थापन नगरेको भन्दै सभासद् मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गर्दै अभद्र व्यवहार गरेका थिए ।

सार्वजनिकस्थलमै मनाङ्गेले अध्यक्ष गुरुङलाई मुक्का हाने लगत्तै एन्फाका अध्यक्ष मिलनले जिल्ला प्रहरी कार्यालय कास्कीमा सांसद मनाङ्गे विरुद्धमा जाहेरी दिएका थिए ।

यो पनि पढौं

सांसद दीपक मनाङे पक्राउ

सांसद मनाङेद्वारा एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि कुटपिट

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ६ : ५५ बजे

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान

सिन्धुपाल्चोकमा टिपर दुर्घटना: हाम फालेका लामाको च्यापिएर मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा बुधबार

खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको

खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

चितवन– भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व