उपत्यकामा डकैती गर्ने गिरोहका ६ जना पक्राउ, १८ लाख नगद बरामद « Khabarhub

उपत्यकामा डकैती गर्ने गिरोहका ६ जना पक्राउ, १८ लाख नगद बरामद


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डँकैती गर्ने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेर डँकैती गर्ने कार्यमा संलग्न छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङका भीमबहादुर घर्तीमगर, नुवाकोटका नकुर तामाङ, रसुवाका दावा छिरिङ तामाङ र तेन्जिङबहादुर तामाङ, रामेछापका कुमारबहादुर बुढाथोकी र काठमाडौँका २८ वर्षीय सञ्जित वाइवा रहेका छन् ।

महाशाखाले आज पत्रकार सम्मेलन गरी विभिन्न बहाना बनाई प्रलोभनमा पारेर लाखौँ रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिएको हो । सो अवसरमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले सिन्धुपाल्चोकका एक व्यक्तिसँग विभिन्न प्रलोभन पारेर रु ५० लाख लुटेर फरार रहेको समूहलाई पक्राउ गरिएको जानकारी दिए ।

“पीडित व्यक्तिलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्केर रु ५० लाख लुटपाट गरी फरार रहेको अनुसन्धानमा खुलेको छ”, उनले भने ।

प्रहरीले पक्राउ परेकासँग नगद रु १८ लाख ७५ हजार ५००, चोरीको मोटरसाइकल एक थान, मोटरसाइकल तीन थान, सुनको औँठी एक थान र विभिन्न कम्पनीका मोबाइल बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ९ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया