‘आर्मी कमाण्ड तथा स्टाफ कलेज’ शिवपुरीबाट ६३ सैनिक अधिकृत दीक्षित « Khabarhub

‘आर्मी कमाण्ड तथा स्टाफ कलेज’ शिवपुरीबाट ६३ सैनिक अधिकृत दीक्षित


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको ‘आर्मी कमाण्ड तथा स्टाफ कलेज’ शिवपुरीबाट स्नातकोत्तर उत्तीर्ण गरेका २६ औं ब्याचका ६३ जना सैनिक अधिकृत दीक्षित भएका छन् ।

मंगलबार सैनिक अधिकृत विद्यार्थीहरुलाई दीक्षित गरिएको हो । दीक्षान्त समारोह कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले  सैनिक क्षेत्रमा धेरै चुनौतिहरु रहेको र त्यसलाई सामना गर्न यस कलेजबाट उत्पादन भएका विद्यार्थीहरु सक्षम रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले दीक्षित विद्यार्थीहरु विश्वले चाहेको आधुनिक सैनिक जनशक्ति बन्न सफल भएको विश्वास व्यक्त गरे । उनले कुनैपनि सैनिक अफिसरका लागि विश्लेषणात्मक क्षमता, योजना र सञ्चार कौशल महत्त्वपूर्ण हुने भएकाले विद्यार्थीहरु त्यसमा सक्षम हुने बताए ।

दीक्षित भएका ६३ जना विद्यार्थीहरु मध्ये ५० जना नेपाली आर्मीबाट, १ जना राष्ट्रिय अनुसन्धान विभाग, १ जना सशस्त्र प्रहरीबाट, १ जना नेपाल प्रहरीबाट र १० जना विभिन्न १० मुलुकका सुरक्षा निकायका रहेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ७ : १२ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल