नेकपा सचिवालय बैठक बस्दै « Khabarhub

नेकपा सचिवालय बैठक बस्दै


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ।

विहान ११ बजे  प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता र पूर्वमन्त्री गोकुल बाँस्कोटाको ‘कमिसन बार्गेनिङ’ प्रकरणमा छलफल हुने बताइएको छ ।

यस्तै बामदेव गौतमको इच्छाबमोजिम राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधन गर्न कार्यदल घोषणापछि भएको नेकपाको चर्को आलोचनाका बिषयमा पनि बैठकमा छलफल एवं समिक्षा हुनेछ ।

बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यदलले दिएको एमसीसीको पूर्ण अध्ययन गरिसकेकाले त्यसबारे आफ्नो धारणा राख्नेछन्।

गत फागुन  ९ गते झलनाथ खनाल संयोजकत्वको एमसीसी अध्ययन कार्यादलले करिब २० दिन लगाएर एमसीसीको निष्कर्षसहित प्रतिवेदन मस्यौदा तयार पारेर बुझाएको थियो।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ७ : १० बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६