दिल्ली हिंसाले लियो साप्रदायिक स्वरुप, मृतकको संख्या १३ पुग्यो « Khabarhub

दिल्ली हिंसाले लियो साप्रदायिक स्वरुप, मृतकको संख्या १३ पुग्यो

हरियाणा र उत्तर प्रदेशमा निगरानी उच्च


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको राजधानी दिल्लीमा नागरिकता कानूनको बिषयमा भएको हिंसाले साम्प्रदायिक स्वरुप लिएको छ ।

नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षबाट सुरु भएको प्रदर्शनले हिन्दु र मुस्लिमबीचको हिंसामा बदलिएको बीबीसीले जनाएको छ।

हिंसामा कम्तीमा १३ जनाको मृत्यु भइसकेको छ । मारिनेमा १२ जना गैह्रसैनिक हुन् भने एक जना प्रहरी छन् । कैयौँ प्रहरीसहित डेढ सय मानिस घाइते भएका छन्।

तस्वीर : रोयटर्स

पसल तथा घरहरूमा आगजनी गरिएको छ भने दङ्गाको दृश्य तथा भिडिओ नखिच्न पत्रकारहरुलाई पनि चेतावनी दिइएका छन्। कर्फ्यूका बाबजुद प्रदर्शनकारीले लाठी र ढुङ्गा बोकेर हिडिरहेका छन् भने हिन्दूविरुद्वका नारा लगाएका छन्।

तस्वीर : एएफपी

हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणामा पनि सुरक्षा निगरानी उच्च पारिएको छ ।

सोमबार गृह मन्त्रालयमा भएको बैठकपछि भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले शान्तिको अपिल गर्दै हिंसा बढ्न नदिन सीमा नाकामा कडाइ गरिएको जानकारी दिएका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा रोक्न थप सुरक्षा बल खटाउन केन्द्र सरकारसँग माग गरेका छन् ।

भारतले जारी गरेको नयाँ नागरीकता कानुनले भारतका तीनवटा छिमेकी मुलुक पाकिस्तान, अफगानिस्तान र बाङ्ग्लादेशबाट भागेर आएका गैरमुस्लिमहरूलाई नागरिकता दिने बाटो खुला गरेको छ।

भारत आएर बसोबास गरिरहेका ६ अल्पसंख्यक समुदाय (हिन्दू, बौद्ध, जैन, पारसी, इसाई र सिख) का मानिसहरुलाई भारतीय नागरिकता दिइए पनि मुस्लिमलाई भने नदिइने व्यवस्था भएपछि मुस्लिम समुदायले यसको बिरोध गर्दै आएका छन् ।

भारतीय संविधानको अनुच्छेद–१४ मा उल्लेखित समानताको अधिकारका विरुद्ध रहेको उक्त कानून नसच्याइएसम्म आन्दोलन जारी राख्ने मुस्लिम समुदायले चेतावनी दिदै आएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ७ : ४४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।