अजयको तान्हाजीले बनायो यस्तो रेकर्ड ! | Khabarhub Khabarhub

अजयको तान्हाजीले बनायो यस्तो रेकर्ड !


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक महिनाअघि रिलिज भएको अजय देवगनको फिलम ‘तान्हाजी’ ले भारतको बक्स अफिसमा अझै पनि राम्रो व्यापार गरिरहेको छ । अजयका अलावा सैफ अली खान र काजोलको शीर्ष भूमिका रहेको यो पिल्मले भारतमा मात्र २ सय ७५ करोड भारु कमाइ गरिसकेको छ ।

भारतीय मिडियाका अनुसार फिल्मले अहिलेसम्म कैयन् रेकर्ड बनाएको छ । यो फिल्म महाराष्ट्रमा ‘बाहुबली २’ पछि सबैभन्दा बढी कमाइ गर्ने दोस्रो फिल्म बनेको छ । फिल्मको कमाइ जारी छ ।

यो फिल्मले कैयन् स्टारका फिल्मलाई पछि पार्दै नयाँ रेकर्ड कायम गरेको हो । फिल्मले आमिर खानको फिल्म ‘दंगल’ को रेकर्ड पनि तोडेको छ । कमाइका हिसाबले ‘बाहुबली २’ निकै अगाडि भए पनि सलमान खान, रणवीर कपूरका फिल्मलाई पछि पारेको छ ।

फिल्मले दंगल, पिके, टाइगर जिन्दा है, सञ्जु, बजरंगी भाइजान, सिम्बान, कबीर सिंहले भन्दा पनि बढी कमाइ गरेको हो । यद्यपि फिल्म अझै पनि हलमा प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ११ : ०३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग