दिल्ली हिंसाले लियो डरलाग्दो रुप, मृतकको संख्या २० पुग्यो « Khabarhub

दिल्ली हिंसाले लियो डरलाग्दो रुप, मृतकको संख्या २० पुग्यो


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको राजधानी दिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका क्रममा बुधबार मध्यान्हसम्म भारतीय प्रहरीका एक हेड कन्स्टेबल सहित २० जनाको मृत्यु भएको छ ।

विवादास्पद नागरिकता विधेयकको समर्थन र विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीबीच दिल्लीका ठाउँठाउँमा झडप हुँदा २ सय जना भन्दा धेरै घाइते भएका छन् ।

घाइते हुनेमा प्रदर्शनकारी र प्रहरी दुबै छन् । सरकारले हिंसा नियन्त्रणका लागि दिल्लीका सडकमा थप ८ हजार प्रहरी तथा अर्धसैनिक बलका जवानलाई खटाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्लीको सर्वाधिक हिंसाग्रस्त उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीहरुले सबै विद्यालयहरु बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ ।

मंगलबार अबेर भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेताहरु र प्रहरी अधिकारीहरुसँग छलफल गरेका थिए ।

दिल्ली उच्च अदालतको मंगललबार साँझ बसेको इजलासले सुरक्षा व्यवस्था सुदृढ बनाउन र घाइतेहरुको उपचारका लागि उचित प्रबन्ध गर्न आदेश दिएको छ ।

हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए । उनीहरुले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर समेत प्रदर्शन भएको छ ।

प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री केजरीवालको निवास बाहिर भेला भएको भीडलाई तितरबितर बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केजरीवाल निवासअघि प्रदर्शन गर्नेमा जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीहरु, जामिया मिलिया इस्लामियाका सदस्य छन् ।

उनीहरुले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए ।

गत आइतबार उत्तरपूर्वी दिल्लीमा संशोधित नागरिक कानुनको पक्ष र विपक्षमा रहेका खासगरी हिन्दु र मुस्लिम समुदायका मानिसहरुबीच हिंसात्मक झडप शुरु भएको थियो । यो हिंसाले सोमबार र मंगलबार डरलाग्दो रुप लिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १२ : ३८ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको