दिल्ली हिंसाले लियो डरलाग्दो रुप, मृतकको संख्या २० पुग्यो | Khabarhub Khabarhub

दिल्ली हिंसाले लियो डरलाग्दो रुप, मृतकको संख्या २० पुग्यो


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको राजधानी दिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका क्रममा बुधबार मध्यान्हसम्म भारतीय प्रहरीका एक हेड कन्स्टेबल सहित २० जनाको मृत्यु भएको छ ।

विवादास्पद नागरिकता विधेयकको समर्थन र विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीबीच दिल्लीका ठाउँठाउँमा झडप हुँदा २ सय जना भन्दा धेरै घाइते भएका छन् ।

घाइते हुनेमा प्रदर्शनकारी र प्रहरी दुबै छन् । सरकारले हिंसा नियन्त्रणका लागि दिल्लीका सडकमा थप ८ हजार प्रहरी तथा अर्धसैनिक बलका जवानलाई खटाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्लीको सर्वाधिक हिंसाग्रस्त उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीहरुले सबै विद्यालयहरु बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ ।

मंगलबार अबेर भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेताहरु र प्रहरी अधिकारीहरुसँग छलफल गरेका थिए ।

दिल्ली उच्च अदालतको मंगललबार साँझ बसेको इजलासले सुरक्षा व्यवस्था सुदृढ बनाउन र घाइतेहरुको उपचारका लागि उचित प्रबन्ध गर्न आदेश दिएको छ ।

हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए । उनीहरुले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर समेत प्रदर्शन भएको छ ।

प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री केजरीवालको निवास बाहिर भेला भएको भीडलाई तितरबितर बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केजरीवाल निवासअघि प्रदर्शन गर्नेमा जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीहरु, जामिया मिलिया इस्लामियाका सदस्य छन् ।

उनीहरुले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए ।

गत आइतबार उत्तरपूर्वी दिल्लीमा संशोधित नागरिक कानुनको पक्ष र विपक्षमा रहेका खासगरी हिन्दु र मुस्लिम समुदायका मानिसहरुबीच हिंसात्मक झडप शुरु भएको थियो । यो हिंसाले सोमबार र मंगलबार डरलाग्दो रुप लिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १२ : ३८ बजे

कृत्रिम जलाशयमा डुङ्गा सञ्चालन

तुलसीपुर (दाङ)- दाङको तुलसीपुर उपमहानगरपालिका-१ देवीस्थानस्थित जम्मुचिरा जलाशय(ड्याम)मा डुङ्गा सञ्चालनमा

शान्ति सैनिकको सङ्ख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो

काठमाडौं- संयुक्त राष्ट्रसङ्घ (यूएन) ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा

जेन-जी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले

काठमाडौं- गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह

दिपावलीमा मोदीसँग कुरा गरेपछि ट्रम्पले भने- ‘रुसबाट धेरै तेल नकिन्नू’

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र

ल्हेन्दे खोलामा मितेरी पुलको पुनः निर्माण अन्तिम चरणमा

रसुवा- नेपाल–चीनबीच ल्हेन्दे खोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको